अपराध मुख्य समाचार राष्ट्रिय समाचार समाज सुरक्षा

पेस्तोल र लागुऔषधसहित ३ जना पक्राउ

काठमाडौं । मोरङको बेलबारी नगरपालिका र सुनवर्षी गाउँपालिकाबाट प्रहरीले कटुवा पेस्तोल र लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दरहरैंचा नगरपालिका–९ घर भएका चेवन कुमार धमला, खेम भट्टराई उर्फ विशाल र सुनवर्षी–८ घर भएका ६० वर्षीय अब्बास मियाँ छन् ।

बिहिबार बेलबारी–१० स्थित भाउन्ने जंगलमा धमला र भट्टराई सवार प्रदेश–१–०२–०४१ प ८८८७ नम्बरको मोटरसाइकलले ३ जना पैदल यात्रीलाई ठक्कर दिएको थियो । दुर्घटनामा परेर मोटरसाइकलमा सवार दुईजना पनि घाइते भए ।

नोवेल सामुदायिक अस्पतालमा उपचारका क्रममा प्रहरीले चेकजाँच गर्दा धमला र भट्टराईको साथमा ८ सय ९२ वटा नाइट्रोजन चक्की र १३ दशमलव ८६० ग्राम चरेस फेला परेको थियो । सो सामग्री अब्बास मियाँबाट खरिद गरेको बयानका आधारमा प्रहरीले मियाँलाई घरबाट पक्राउ गरेको हो ।

मियाँको घरबाट प्रहरीले १ थान कटुवा पेस्तोल, नाइट्रोभेट चक्की ६ सय ट्याब्लेट र दुई बोतल लाइलेक्स डिसी बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीले उनीहरुमाथि अनुसन्धान गरिरहेको छ । रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

कटुवा पेस्तोलसहित एक पक्राउ

जनकपुरधाम । सिरहा प्रहरीले कटुवा पेस्तोलसहित आइतबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुखीपुर नगरपालिका ७ बलही निवासी ४७ बर्षीय गणेश कुमार सिंह छन् । आफ्नो घर नजिकै लुकाएको एक…

thumbnail

बागलुङमा गोरु काटेको आरोपमा १० जना पक्राउ

बागलुङ । बागलुङमा गोरु काटेको आरोपमा १० जना पक्राउ परेका छन् । प्रहरीले जिल्लाको गलकोट नगरपालिकाका युवाहरुलाई गोरु काटेर मासु खाएको आरोपमा पक्राउ गरेको हो । शुक्रबार राती गलकोट नगरपालिका वडा नम्बर…

thumbnail

पार्किङस्थलबाट जिप चोरेर दुर्घटना गराएको आरोपमा एक युवक पक्राउ

धनगढी । कैलालीमा पार्किङमा राखिएको जिप चोरी गरेर दुर्घटना गराएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-२ का २७ वर्षीय करनसिंह धामीलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला…