घटना मुख्य समाचार राष्ट्रिय समाचार समाज सुरक्षा

बाढीले बगाउँदा एक जना बेपत्ता

दैलेख । बिहीबार बिहान परेको अविरल वर्षाका कारण आएको बाढीले बगाउँदा एक युवक बेपत्ता भएका छन् । भैरवी–२ स्थित पोडीघाट सिँचाइ आयोजना निर्माणकार्यमा कार्यरत सोही वडाका ४० वर्षीय केशव थापालाई बाढीले बगाएर बेपत्ता बनाएको छ ।

सिँचाइ योजनाको जाली भर्न लागिरहेका बेला एक्कासी खोलामा बाढी आएर बगाएको सँगै रहेका उनका भाइ गणेश थापाले जानकारी दिए । योजनाको काम नियमित भइरहेकाले जाली भरिरहेको अवस्थामा एक्कासी बाढी आयो, जाली छोप्न खोज्दा बाढीले बगाएर बेपत्ता भएको थापाले जानकारी दिए ।

स्थानीय योजनामा कार्यरत मजदुर र गाउँलेले उनको शव खोजी गरिरहेका छन् । घटना बिहान ११ बजे घटेलगत्तै खोजीकार्य जारी राखेको र उक्त खोला मिसिएको अर्को खोला छामघाटमा समेतमा बिहानदेखि बगरैबगर हिँड्दा पनि कुनै अत्तोपत्तो नलागेको गणेश थापाले बताए ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख अनुपम श्रेष्ठका अनुसार घटना घटेको खबरपछि इलाका प्रहरी कार्यालय दुल्लुबाट दुई प्रहरी घटनास्थलमा खटाइएको बताए । खोलामा बाढी एक्कासी आउँदा भरिरहेको जाली जोगाउन खोज्दा केशव बेपत्ता भएको उनले बताए ।

प्रहरी र स्थानीयवासीले खोजीकार्य जारी राखेका छन् । प्रदेश सरकारको रु १२ लाख रकममा पोडिगाड खोला तटबन्ध तथा सिँचाइ योजनाको काम भइरहेको छ । रासस

सम्बन्धित समाचार

thumbnail

उदयपुरमा रुख काट्ने क्रममा हाँगाले किचेर एकजनाको मृत्यु

उदयपुर । उदयपुरको एक सामुदायिक वन समूहको रुखको हाँगोले किच्दा कामदारको मृत्यु भएको छ। बागेश्वरी सामुदायिक वन उपभोक्ता समूह त्रियुगा नगरपालिका ७ पानीधारेस्थित जंगलमा रुख काट्ने क्रममा हाँगोले किच्दा खोटाङको हलेसी तुवाचुङ…

thumbnail

पछिल्लो २ महिनायता विपदका घटनामा परेर देशभर ४९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २ महिनायता देशभर भएका विपदका घटनामा परेर ४९ जनाको मृत्यु भएको छ । २ महिनायता भएका ६७५ वटा विपदका घटनामा परेर ४९ जनाको मृत्यु भएको हो । तीमध्ये सबैभन्दा…

thumbnail

चीनमा ग्यास बिस्फोटनमा परेर १२ जनाको मृत्यु , १०० भन्दा बढी घाइते

वुहान । चीनको हुबे प्रान्तको शियान नगरमा ग्यास बिस्फोटनमा परेर कम्तिमा १२ जनाको मृत्यु हुनुका साथै एक सयभन्दा बढी व्यक्ति घाइते भएका छन् । स्थानीयअधिकारीहरुका अनुसार घाइतेमध्ये ३९ जनाको अवस्था निकै जटिल…