मुख्य समाचार राजनिति राष्ट्रिय समाचार समाज

बादल पत्नी नैनकला सञ्चार तथा प्रविधिमन्त्री बन्ने

काठमाडौं । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)की पत्नी नैनकला थापा सञ्चार तथा प्रविधिमन्त्री बन्ने भएकी छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र राजपालाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । अपराह्न ४ बजे मन्त्रीहरुको सपथ तय भएको छ ।

एमाले स्रोतका अनुसार पूर्व माओवादी खोमाबाट दुईमन्त्री भएका छन् । वादलपत्नी नैनकला थापालाई सञ्चार र ज्वालाकुमारी साहलाई कृषिमन्त्री बनाउन लागिएको एक नेताले बताउजुभयो । स्रोतका अनुसार सर्वोच्च अदालतको आदेशले ६ जेठमा पदमुक्त भएका पूर्व माओवादी खेमाका ७ मन्त्रीले पुनःनियुक्ति होस् भन्ने चाहेका थिए ।

तर अदालतको आदेशका कारण सम्भव नभएको बताएपछि नैनकलाको नाम छलफलमा आएको थियो । ‘हामीले हाम्रो पुननियुक्ति हुँदैन भने म्याडमलाई मन्त्री बनाउनुपर्छ । हाम्रो लिगेसी रहन्छ भनेका थियौं,’ एक पूर्वमन्त्री भन्छन्, ‘म्याडमले म कहाँ मन्त्री बन्नु भन्नु भएको थियो । अहिले आएर उहाँलाई नै बनाउनुप¥यो ।’ कृषिमन्त्री नियुक्त भएकी साह भने माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका कारण प्रदेश २ को प्रदेशसभा सदस्यबाट पदमुक्त भएकी थिइन् । अनलाइनखबरबाट

 

सम्बन्धित समाचार

thumbnail

बेनी-जोमसोम सडक अवरुद्ध

बेनी । बेनी -जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ दाना रुप्से छहरा स्थित सडकको हिलोमा ट्रक फसेपछि आइतबार सांझ देखी पुर्ण रुपमा सडक अवरुद्ध भएको हो…

thumbnail

अन्नपुर्ण गाउँपालिकाद्धारा कृषकलाई माछाका भुरा वितरण

पोखरेबगर । म्याग्दीको अन्नपुर्ण गाउँपालिकाले कृषकहरुलाई माछाका भुरा वितरण गरेको छ । गाउँपालिकाको पशु सेवा शाखाको बार्षिक स्विकृत कार्यक्रम अनुसार वडा नम्बर १ बाहेक सबै वडाका २२ जना कृषकहरुलाई २५ हजार भुरा…

thumbnail

थप २४०७ जनामा कारोना संक्रमण , ४६ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १ हजार ६ सय ९४ जना र एन्टिजेन विधिबाट ७ सय १३…