आर्थिक बेनी नगरपालिका मुख्य समाचार म्याग्दी म्याग्दी न्युज विशेष स्थानीय

बेनी नगरपालिकाको बजेट ६६ करोड पारित

बेनी । म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८/०७९ को लागि ६६ करोड बजेट पारित गरेको छ । असार १० गतेदेखी सुरु भएको नवौं नगरसभामा नगर उपप्रमुख सन्जु बरुवालले प्रस्तुत गर्नुभएको बजेट , आर्थिक र बिनियोजन बिधेयक छलफल गरि आइतबार पारित गरिएको हो ।‘कृषि, पर्यटन र पूर्वाधारः स्वच्छ, समृद्ध बेनी नगरको मूल आधार’ भन्ने नारासहित नगरपालिकाले ६६ करोड पाँच लाख ६७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको थियो ।

चालु शिर्षकमा ४२ करोड ७८ लाख ८२ हजार र पुँजीगत शिर्षकमा २३ करोड २६ लाख ८५ हजार रुपैयाँ रहेको छ । चार करोड १२ लाख रुपैयाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको नगरपालिकाले संघ र प्रदेश सरकारले विभिन्न शिर्षकमा दिने अनुदान तथा चालु आर्थिक वर्षमा खर्च हुन नसक्ने अनुमान गरिएको रकमलाई आधार मानेर बजेट बनाएको हो ।

पुजिगत मध्य पुर्बाधार बिकासमा तीन करोड पचास लाख, वडागत योजनालाई छ करोड ६० लाख, आर्थिक विकासमा एक करोड ४० लाख, सामाजिक बिकासमा एक करोड ७५ लाख, वातावरण तथा विपद् ब्यवस्थापमा ७५ लाख, संस्थागत बिकास तथा सुशासनमा तीस लाख रुपैयाँ बिनियोजन भएको छ । १० वटा वडा रहेको बेनी नगरपालिकाको १, ४, ६ र १० नम्बर वडालाई ६५ लाखका दरले, २, ३, ५ र ९ नम्बर वडालाई ७० लाखका दरले तथा ७ र ८ नम्बर वडालाई ६०÷६० लाखका दरले कुल छ करोड ६० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

यो पनि…

बेनी नगरपालिकाद्वारा ६६ करोडको बजेट सार्वजनिक

त्यस्तै विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण नियन्त्रण तथा व्यवस्थापनका लागि ५० लाख, वर्षाले प्रभावित पारेका सडकको स्तरोन्नति गर्न ७० लाख र नगरका विविध कार्यक्रम सम्पन्न गर्न समपुरक कोषमा तीन करोड ८५ हजार रुपैयाँ बजेट छुट्याइएको छ । महामारी र विपद् ,स्वास्थ्य कृषि उत्पादन, गरिबी न्युनीकरण, व्यवसाय प्रवद्र्धन, आवासविहिनको घर निर्माण, विपद्मा परेकालाई तत्कालै उद्दार तथा राहतका साथै भूगोल र जनसङ्ख्याको आधारमा वडालाई बजेट विनियोजन गरिएको नगर प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो ।

मेयर श्रेष्ठले कोरोना रोकथामको कार्यलाई थप व्यवस्थित बनाउने, सङ्घीय सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारासहित आर्थिक समृद्धिका क्षेत्रलाई प्राथमिकता दिइने, नगर क्षेत्रको कृषिलाई आधुनिकीकरण र विविधिकरण गरी व्यावसायिकरणमा प्राथमिकता दिनुका साथै नगर क्षेत्रका पर्यटकीयस्थलको विकासमा जोड दिइने बताउनुभयो । स्थानीय तहका पदाधीकारीले आफ्नो कार्यकालको अन्तिम बजेट ल्याएका हुन् । पारित भएको बजेट, नीति तथा कार्यक्रमलाई कार्ययोजना बनाएर समयमै कार्यान्वयनमा लगिने प्रमुख प्रशासकीय अधिकृत छबिलाल सुबेदीले बताउनुभयो ।

 

 

 

 

 

 

 

सम्बन्धित समाचार

thumbnail

बैंकिङ कसुरमा ९ लाख जरिवाना तोकिएका प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दामा ९ दिन कैद र ९ लाख जरिवाना तोकिएका फरार प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–२ घर भएका राम खड्का…

thumbnail

नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौँ । साताको अन्तिम कारोबार दिन समेत रहेको बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १५.११ अंकले घटेर ३ हजार ७९.८३…

thumbnail

पत्रकारलाई एक महिनाभित्र पारिश्रमिक दिने नागरिक दैनिकको बचन, पहिलो किस्ता आजैबाट

काठमाडौं । नेपाल रिपब्लिक मिडियाले कार्यरत् पत्रकारलाई पारिश्रमिक उपलब्ध गराउने बचन दिएको छ । बिहीबार वार्ता हुँदा मिडियाले एक महिनाभित्र सबै पारिश्रमिक दिने प्रतिवद्धता जनाएको हो। तर, पत्रकारले यो प्रतिवद्धता लिखित रुपमै…