अन्तराष्ट्रिय काेराेना अपडेट मुख्य समाचार राष्ट्रिय समाचार समाज

भारतीय सेनाद्धारा नेपाली सेनालाई करिब २९ करोडको स्वास्थ्य सामाग्री हस्तान्तरण

काठमाडौं । भारतीय सेनाले नेपाली सेनालाई २८ करोड ८० लाख भन्दा बढी मुल्य बराबरको स्वास्थ्य सामाग्री तथा उपकरण हस्तान्तरण गरेको छ।

छिमेकी पहिलो नीति अन्तर्गत भारतीय सेनाले प्रदान गरेको स्वास्थ्य सामाग्री तथा उपकरण शुक्रबार टुँडिखेलस्थित नेपाली सेनाको मुख्यालयमा आयोजित एक समारोहका बीच नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपाली सेनाका प्रधान सेनापति महारथी पूर्णचन्द्र थापालाई हस्तान्तरण गरेका हुन्।

भारतीय राजदूत क्वात्राले नेपाली सेनाको कोभिड–१९ विरुद्घको लडाइँमा भारतको सहयोग निरन्तर रहने जनाउँदै यस सम्बन्धमा नेपाली सेनाले पुर्‍याएको योगदानको सराहना गरे।

भेन्टिलेटर, एम्बुलेन्स, आइसीयू बेड, पीपीइ किट, पिसीआर परीक्षण किटलगायतका स्वास्थ्य सामाग्री जेठ २७ गते काठमाडौं आइपुगेको थियो। गत साल यता भारतीय सेनाले नेपाली सेनालाई कोभिड महामारी विरुद्ध लड्न विभिन्न किसिमका सहयोग प्रदान गर्दै आएको छ। यसैबीच भारतीय सेनाले गत मार्चमा नेपाली सेनालाई एक लाख कोभिशिल्ड खोप प्रदान गरेको थियो । सेतोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

चीनमा ग्यास बिस्फोटनमा परेर १२ जनाको मृत्यु , १०० भन्दा बढी घाइते

वुहान । चीनको हुबे प्रान्तको शियान नगरमा ग्यास बिस्फोटनमा परेर कम्तिमा १२ जनाको मृत्यु हुनुका साथै एक सयभन्दा बढी व्यक्ति घाइते भएका छन् । स्थानीयअधिकारीहरुका अनुसार घाइतेमध्ये ३९ जनाको अवस्था निकै जटिल…

thumbnail

नेपाली अमेरिकन सामुदायिक केन्द्रमा नयाँ कार्यसमिति

अमेरिका । अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडाले यहाँ रहेका नेपाली बालबालिकामा नेपालप्रति माया गर्ने भावनाको विकास हुनुपर्ने बताउनुभएको छ । अमेरिकाको डीसीमा स्थापित नेपाली अमेरिकन सामुदायिक केन्द्र (न्याक) को दोस्रो वार्षिक…

thumbnail

बर्दियामा भारतबाट आएका जंगली हात्तीको लर्को

काठमाडौं । केही दिनयता चीनमा वासस्थान छोडेर यात्रामा निस्किएका जंगल हात्तीको संसारभरि चर्चा छ। १५ वटा चिनियाँ हात्ती अहिलेसम्म ५ सय किलोमिटरभन्दा बढी हिँडिसकेका छन्। चिनियाँ हात्तीको चर्चा भइरहेका बेला नेपालको बर्दियामा…