अपराध आर्थिक घटना मुख्य समाचार राष्ट्रिय समाचार

युरोकप फुटबल हेरेर होटलमा झगडा गर्ने खेलाडी र होटल संचालक पक्राउ, जरिवाना तिरेर रिहा

काठमाडौँ । काठमाडौंको त्रिपुरेश्वरस्थित युनाइटेड बिजनेस होटलमा युरोकप फुटवल हेर्दा विवाद गरेर झगडा गर्ने खेलाडी र होटल संचालकलाई स्थानीय प्रशासनले जरिवाना गरेको छ ।

जेठ ३० गते विहान ३ बजेतिर झगडा परेको सूचना आएपछि क्रोएसिया र अजरबैजान घर भएका विदेशी फुटवलरसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

युनाइटेड बिजनेस होटलका संचालक भोजपुर घर भएका अश्विन श्रेष्ठ सहितलाई प्रहरीले पक्रेर जिल्ला प्रशासन कार्यालयमा बुझाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले बताउनुभयो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले संचालक श्रेष्ठ सहित नेशनल सुपर लिग खेल्न नेपाल आएका विदेशी र सशस्त्र प्रहरी बलबाट कन्ट्याक्टमा खेल्ने फुटबलरलाई जरिवाना गरेका छन् । संक्रामक रोग ऐन–२०२० बिरुद्धको कसुरमा उनिहरुलाई प्रमुख जिल्ला अधिकारीले जरिवाना गरेका हुन् । होटल संचालकलाई ४ लाख र होटलमा झगडा गर्ने ८ जनालाई जनही १५ हजार जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

निषेधाज्ञा उल्लंघन गरेको आरोपमा जरिवाना तिरेर रिहा हुनेमा क्रोएसियाका खेलाडी विलिम पोसिन्कोविक, अजरबैजानका नुर्लान जाहिद ओग्लु, धादिङ घर भएकी एलिसा मगर, सिन्धुपाल्चोककी सुनि तामाङ, बुढानिलकण्ठका क्षितिज खड्का, सिन्धुपाल्चोकका नविन लामा र दोलखा घर भएका रोहित तामाङ सहित ८ जना छन् । रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

बैंकिङ कसुरमा ९ लाख जरिवाना तोकिएका प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दामा ९ दिन कैद र ९ लाख जरिवाना तोकिएका फरार प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–२ घर भएका राम खड्का…

thumbnail

बुटवलमा बजार अनुगमनका क्रममा सडेको माछामासु भेटियो

रुपन्देही । बुटवल बजार अनुगमनका क्रममा अस्वस्थकर माछामासु भेटिएको छ । मासु पसल मापदण्ड विपरीत सञ्चालन गरिएको र अस्वस्थकर माछामासु बिक्रीका लागि राखेको पाइएपछि नष्ट गरिएको बुटवल उपमहानगरपालिका उपप्रमुख गुमादेवी आचार्यले जानकारी…

thumbnail

६५ किलो गाँजासहित दुईजना पक्राउ

काठमाडौं । मकवानपुर प्रहरीले गाडीबाट ६५ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले बिहीबार हेटौंडा उपमहानगरपालिका-१९ स्थित सडक खण्डबाट बा११च ९५०९ नम्बरको गाडीबाट गाँजा बरामद गरेको हो। पक्राउ पर्नेमा भरतपुर महानगरपलिका-२०…