बेनी नगरपालिका मुख्य समाचार म्याग्दी म्याग्दी न्युज विशेष समाज स्थानीय

‘रामायण पार्क’ निर्माण हुँदै

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५, पछैमा रामायण पार्क निर्माण हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नगरपालिकाको साझेदारीमा पछैमा रामायण पार्क (उद्यान ) निर्माण हुने भएको हो । निर्माण हुन लागेको रामायण पार्कको बिस्तृत परियोजना प्रतिबेदन डिपिआर तयार भएको छ । डिपिआर अनुसार पहिलो चरणमा रामायण पार्क निर्माणका बिषयमा शनिबार पछैमा स्थानीय र सरोकारवालाहरु बिच छलफल भएको छ । पौराणिक प्रमाणलाई यथावत राखेर पार्क बनाइने भएको छ ।

पहिलो चरणमा रामायणको मुर्ति ,बगैचा,बिश्राम स्थल ,धर्मशाला लगायतका पुर्वाधार बनाइने भएको छ । बजेटको उपलब्धता र आवश्यकताको आधारमा पुर्वाधार निर्माणलाई क्रमागत रुपमा निरन्तरता दिइने नगर प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो । उहाँले मन्त्रालय र नगरपलिका बिच समन्वय नहुँदा ढिलाई भएको बताउनुभयो । पुलह पुलत्स्य क्षेत्रको १४ रोपनी जग्गा मध्य पहिलो चरणमा चार रोपनीमा रामायण पार्क बनाउन लागिएको नगरपालिकाका इन्जिनियर बिमलरञ्जन कार्कीले बताउनुभयो ।

डिपिआरमा परिकल्पना गरिएको रामायण पार्क

हालको मन्दिर ,हवन कुण्ड,रावणको नाबी गाडेको ठाउँ लगायत पुरानो संरचनालाई यथावत राखेर पुर्वाधार बनाइने भएको छ । कुल २३ करोड रुपैयाँ लागत अनुदान गरिएको पार्कलाई चालु आर्थिक बर्षमा पर्यटन मन्त्रालयले दुई करोड ११ लाख र नगरपालिकाको एक करोड १४ लाख बिनियोजन गरेका छन् । धेरै प्राविधिक काम भएको कारण ठेक्का प्रक्रियाबाट योजना कार्यान्वयन गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बताउनुभयो ।

उहाँको अनुसार योजना दुई बर्षभित्रमा सक्ने लक्ष्य राखिएको छ । बि.सं. २०६६ मा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदकुमार श्रेष्ठ लगायतले म्याग्दी भित्रने पर्यटकको बसाई लम्बान र मुक्तिनाथ आवतजावत गर्ने धार्मिक पर्यटकलाई लक्षित गरेर बेनीमा रामायण पार्क बनाउने योजनाको परिकल्पना गर्नुभएको थियो ।

२०७४ देखीनै बजेट बिनियोजन गरे पनि ठाउँ छनौट हुन नसक्नु र स्रोत अभावमा रोकिएको रामायण पार्कको योजनालाई नगरपालिकाको गौरबको आयोजनाको रुपमा कार्यान्वयनमा लैजान लागेको नगर कार्यपालिकाको भौतिक पुर्वाधार विकास सममितिका संयोजक कृष्णकुमार बिश्वकर्माले बताउनुभयो ।

निवर्तमान संघिय सांसद भुपेन्द्र बहादुर थापाले रामायण पार्क म्याग्दीको गौरवको योजना मात्र नभएर पौराणिक महत्वको उजागर र धार्मिक पर्यटनको विकासमा सहयोग पुग्ने बताउनुभयो । उहाँले निर्माण हुने पार्कको भौतिक संरचनालाई दिगो बनाउन स्थानीयको भुमिका महत्वपुर्ण भएको बताउनुभयो । स्तरोन्नतिको क्रममा रहेको अर्थुङ्ग–पुलाचौ र पुलाचौर–पुर्णगाउँ सडक आयोजनालाई प्रभावकारी बनाउन सकेमा रामायण पार्क आवतजावत गर्ने पर्यटकलाई सुविधा पुग्ने उहाँको भनाई छ ।

 

जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्र बहादुर केसीले गलेश्वर ,पछै,जगन्नाथ र टोड्केलाई जोडेर नयाँ गन्तब्य स्थलको रुपमा बिकास गर्नुपर्ने बताउनुभयो । पुलह पुलत्स्य क्षेत्र विकास कोषका अध्यक्ष लिलाबहादुर बानियाँ ,गलेश्वर शिवालय क्षेत्र बिकास कोषका सदस्य सचिव माधवप्रसाद रेग्मी ,कर्णबहादुर बानियाँ ,भिमबहादुर बानियाँ लगायतले पछैमा रामायण पर्का बन्न लागेकोमा खुशी व्यक्त गर्नुभयो । हिन्दु धर्मग्रन्थ श्री भागवत पुराणको पाँचौ अध्यायमा रावणको जन्म पछैमा भएको उल्लेख छ । पुलह ,पुलत्स्य र भरत ऋषिले पछैमा तपस्या गरेको पुराणमा ब्याख्या गरिएको छ ।

 

सम्बन्धित समाचार

thumbnail

पर्यटकको गन्तव्य बन्दै कोप्रे झरना (फोटो फिचर)

म्याग्दी । कोरोना सङ्क्रमण नियन्त्रण गर्न लगाइएको निषेधाज्ञा अझै पनि पूर्ण रुपमा हटेको छैन । संक्रमणको जोखिम कायमै रहेकाले सुरक्षा सावधानी अपनाउनुपर्छ । निषेधाज्ञाले घरभित्रै गुम्सिन बाध्य मानिसहरु निषेधाज्ञा केही खुकुलो भए…

thumbnail

अमर भण्डारीद्वारा रेडक्रस मार्फत पुलाचौर स्वास्थ्य चौकीलाई अक्सिजन सिलिण्डर सहयोग (तस्विर सहित)

  म्याग्दी ।म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौर स्थायी घर भई हाल अमेरिकाको विश्वविद्यालयमा प्राध्यापनरत डाक्टर अमर भण्डारीले दुईवटा अक्सिजन सिलिण्डर सहयोग गरेका छन् । भण्डारीले नेपाल रेडक्रस सोसाइटी पुलाचौर उपशाखामार्फत पुलाचौर स्वास्थ्यचौकीलाई सिलिण्डर…

thumbnail

म्याग्दीमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि

बेनी । म्याग्दीमा थप ४२ जनामा कोरोना संक्रम‌णको पुष्टि भएको छ। स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार विहिबार बेनी नगरपालिकामा ६ जना , मंगला गाउँपालिकामा ३ जना र जलजला जलजला गाउँपालिका घर भइ बेनीमा…