म्याग्दी समाचार समाज स्थानीय

लायन्स क्लब अफ बेनी पिस सिटी उत्कृष्ट क्लब

म्याग्दी । जिल्लामा सामाजिक तथा मानविय सेवामा सक्रिय रहेको लायन्स क्लब अफ बेनी पिस सिटी उत्कृष्ट क्लबको रुपमा सम्मानीत भएको छ । लायन्स क्लब अफ अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ बि १ नेपालले मे महिनामा उत्कृष्ट मानविय र सामाजिक सेवामा कार्य गरेकोमा अवार्डद्धारा सम्मान गरेको हो ।

त्यस्तै क्लवका पूर्व अध्यक्ष एवम् रिजन चियरपर्सन लोकेश पुन मगरलाई सक्रिय लिडरको अवार्डले सम्मान गरेको छ । मोफसलमा रहेका क्लबहरुमध्येबाट एक्टीभ क्लबको रुपमा डिस्ट्रिक्ट गभर्नरद्धारा प्रदान हुने अवार्ड प्राप्त भएको र यसले थप सामाजिक कार्यप्रतिको जिम्मेवारी बढाएको क्लबका अध्यक्ष खम थापा मगरले बताउनुभयो ।

क्लवमा आवद्ध भएका सदस्यहरुले आर्थिक सहयोग जुटाएर एम्बुलेन्समार्फत पोखरासम्म उपचारका लागि तथा जिल्लाका ग्रामिण क्षेत्रसम्म पुगेर बिरामीलाई अस्पतालमा ल्याएर कोरोना महामारीको नियन्त्रण, रोकथाम र उपचारमा सघाएको अध्यक्ष थापा मगरको भनाई छ ।

क्लवले ३ लाख ५१ हजार लागतमा बेनी अस्पतालमा औषधी विक्रि कक्ष अस्थायी भवन निर्माण गरेको क्लबले धवलागिरि र मंगला गाउँपालिकामा करिब रु १ लाख बराबरको स्वास्थ्य सामाग्री वितरण गरेको थियो।क्लबले कारोना महामारीको समयमा लकडाउनको कारण अस्पतालसम्म आउन र घर फर्कन समस्यामा परेका विरामीहरुलाई लक्षित गरी ओमकुमारी शान्ति कोषसंगको समन्वयमा एम्बुलेन्सको रुपमा प्रयोग गर्ने गरी दुई वटा निशुल्क यातायात सेवा समेत सञ्चालन गरेको छ ।

हालसम्म ५० जना भन्दा बढीलाई जिल्लाभित्र र जिल्लाबाट पोखरा लगायतका ठुला शहरहरुमा उपचारका लागि यातायात सेवा उपलब्ध गराईसकेको जनाईएको छ । क्लवले शिक्षा, स्वास्थ्य सहित सामाजिक एवम् समुदायस्तरमा विभिन्न कार्यक्रम समेत गर्ने गरेको छ । गतबर्ष जिल्लाको पर्यटनको विकासमा समेत विभिन्न स्थानमा पुगेर प्रर्बधनको काम समेत गरेको थियो ।

सम्बन्धित समाचार

thumbnail

बेनी-जोमसोम सडक अवरुद्ध

बेनी । बेनी -जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ दाना रुप्से छहरा स्थित सडकको हिलोमा ट्रक फसेपछि आइतबार सांझ देखी पुर्ण रुपमा सडक अवरुद्ध भएको हो…

thumbnail

बाढीले कर्मचारी आवास र नर्सरीमा क्षती (तस्विर र भिडिओ सहित)

बेनी । गयराती अविरल बर्षाका कारण आएको बाढीले म्याग्दीको सदरमुकाम बेनीको मगलाघाट स्थित सरकारी कर्मचारीको आवास क्षेत्र र नर्सरीमा क्षती पु¥याएको छ । पाखोबाट आएको बाढीले सात वटा आवास भवन ,दुई वटा…

thumbnail

सूर्यकिरण युवा क्लको अध्यक्षमा राई

बेनी । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ९ काफलबोट स्थित सुर्यकिरण युवा क्लबको अध्यक्षमा नारायण राई चयन हुनुभएको छ । विहिबार सम्पन्न क्लबको पाँचौ अधिवेशनबाट राई अध्यक्षमा चयन हुनुभएको हो ।अध्यक्ष राई…