साउन ९ गतेदेखि चिकित्सा शास्त्र स्नातक तहको प्रवेश परीक्षा शुरु हुने

काठमाडौं । चिकित्सा शास्त्र तर्फको स्नातक तहको एकीकृत प्रवेश परीक्षा ९ साउनदेखि शुरु हुने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले चिकित्सा शिक्षा तर्फको स्नातक परीक्षाका लागि अनुमती दिएको हो ।

चिकित्सा शिक्षा आयोगका प्रवक्ता डिल्लीराम लुइँटेलले कोभिडका कारणले सर्दै आएको परीक्षा साउन ९ गतेदेखि करीब ५ दिन सञ्चालन हुने जानकारी दिनुभयो ।

यसपटक परीक्षा काठमाडौँ बाहेक मोफसलका चार स्थानमा पनि सञ्चालन हुनेछ । काठमाडौँ सहित धरान, पोखरा, चितवन र नेपालगञ्जमा समेत परीक्षा केन्द्र तोकिएको उहाँले बताउनुभयो । यसपटकको परीक्षाको लागि ३२ हजार ८०० बढीले फारम भरेका छन् । त्यसमध्ये सबैभन्दा बढी एमबीबीएसमा रहेको आयोगले जनाएको छ । रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

भगवती कोतमा तीन लाख रुपैयाँमा ‘सरकारी राँगो’मार हान्ने खड्कालाई सम्मान

म्याग्दी। म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीस्थित भगवती कोतमन्दिरमा नवमीको दिनमा सरकारी रागोको मार हान्ने आर्यन खड्कालाई पुजा समिति र राखुबासीलेज्ञ भब्य सम्मान गरेका छन् । तीन लाख रुपैयाँ बोलकवोलमा सरकारी राँगो भगवती बयरी…

thumbnail

थप ३६५ जनामा कोरोना संक्रमण, ४ को मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५ सय ९४ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा…

thumbnail

साफ च्याम्पियनसिप : नेपाल पहिलो पटक फाइनलमा

काठमाडौं । नेपाल पहिलो पटक साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । माल्दिभ्समा बुधबार भएको आफ्नो समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग १-१ को बराबरी खेलेपछि नेपालले इतिहास रचेको हो । सन्…