अन्तराष्ट्रिय अपराध आर्थिक मुख्य समाचार राष्ट्रिय समाचार

स्रोत नखुलेको ३० लाख ७६ हजार रुपैयाँसहित दुईजना भारतीय नागरिक पक्राउ

रौतहट । रौतहटबाट प्रहरीले भारतबाट नेपालतर्फ ल्याउदै गरेको स्रोत नखुलेको ३० लाख ७६ हजार रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । बुधबार बिहान रौतहटको रामपुरखाप स्थित नेपाल भारत सीमामा भारतबाट नेपाल आएको मोटरसाइकल चेकजाँच गर्ने क्रममा प्रहरीले रकमसहित उनीहरुलाई पक्राउ गरेको हो ।

रकमसहित भारत मोतिहारी घोडासहन बस्ने अन्दाजी वर्ष २२ का बन्टिकुमार कलवार र सोही ठाउँमा बस्ने वर्ष २० का सुरज कलवारलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिद्दी बिक्रम शाहले जानकारी दिए । घटनाबारे थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

ब्राजिलमा कोरोना संक्रमणका कारण एक दिनमै १३४४ जनाको मृत्यु

काठमाडौं । ब्राजिलमा कोभिड १९ बाट हुने मृत्यु अझै पनि घट्न सकेको छैन । यहाँका अधिकारीहरुका अनुसार पछिल्ला केही दिनमा कोभिडबाट हुने मृत्यु बढ्दै गएको छ । कोभिड १९ बाट धेरै प्रभावित…

thumbnail

टोकियो ओलम्पिक : अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा

काठमाडौं । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा उक्लेको छ । चीन र जापानलाई उछिन्दै अमेरिका शीर्ष स्थान ओगट्न सफल भएको हो । अमेरिकाले हालसम्म…

thumbnail

बङ्गलादेशबाट आइपुग्यो ५२ हजार मेट्रिकटन युरिया मल

काठमाडौं । बङ्गलादेशबाट खरिद गरिएको ५२ हजार मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार– सरकार (जिटुजी) मार्फत रासायनिक मल खरिद गरिने सम्झौताअनुसार सो परिमाणको मल कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय…