पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ९७ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५ सय ८३ आरटी पिसिआर र ४ हजार ३ सय २१ एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा २ हजार २ सय ९७ जनामा कारोना संक्रमण पुष्टि भएको हो ।
हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख २२ हजार ६ सय ४० जनामा र एन्टिजेन विधिबाट २७ हजार ३ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट ४६ जनाले ज्यान गुमाएका छन् । यो संगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार ७ सय ७२ पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा ३ हजार १ सय ३० जनाले कोरोना जितेका छन् । यो संगै कारोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ५९ हजार ९ सय २८ रहेको छ ।मन्त्रालयका अनुसार निको हुनेको दर ८९.९ प्रतिशत छ ।