अपडेट : पहिरोले थुनिएको गुर्जा खोलाको अवस्था यस्तो छ (फोटो फिचर)

म्याग्दी । पहिरोले थुनिएको म्याग्दीको धवलागिरि गाउँपालिका–१ स्थित गुर्जाखोला ओभरफ्लो भएर प्राकृतिकरूपमा बग्न थालेपछि सम्भावित जोखिम हटेको छ । गुर्जाको खास्का भन्ने ठाउँमा शनिबार दिउँसो पहाड भत्किएर पहिरो खस्दा थुनिएको खोला रातिदेखि ‘ओभरफ्लो’ भएर बग्न थालेको हो ।

खोला थुनिएर बनेको तलाउबाट पानी बग्न थालेपछि तटिय क्षेत्रमा रहेको जोखिम कम भएको पहिरो स्थलको स्थलगत निरिक्षणमा पुग्नुभएका गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो ।

पहाड खसेर लामो समय खोला थुनिएर बनेको तलाउको पानी बग्न थालेको र तलाउको सतह घट्दै गएको वडा अध्यक्ष छन्त्यालले जानकारी दिनुभयो । अध्यक्ष छन्त्यालको नेतृत्वमा स्थानीय स्थानीय राम छन्त्याल र सौगात छन्त्यालको टोली आईतवार विहानै पहिरो स्थलमा पुगेर निरिक्षण गरेका थिए ।

गुर्जा र चुरेन हिमालको फेदीमा मुहान भएको गुर्जाखोला म्याग्दी नदीको सहायक खोला हो । धवलागिरि–४ मुदीमा गुर्जाखोला म्याग्दी नदीमा मिसिन्छ । सदरमुकाम बेनीमा आएर म्याग्दी खोला कालीगण्डकीमा मिसिन्छ ।

पहिरो खसेर खोला थुनिएको ठाउँमा पुग्न गुर्जाबाट दुई घण्टा बढी पैदल हिँड्नुपर्छ । दुवै किनारमा भिर भएको साँघुरो खोँचमा पहिरो खसेर खोला थुनिएको खेतमा काम गर्न गएका किसानले देखेपछि खबर गरेका थिए । तस्बिर सौजन्य : वडा अध्यक्ष झकबहादुर छन्त्याल 

 

 

सम्बन्धित समाचार

thumbnail

कुल आचार्यले गरे एनआरएनएको अध्यक्षमा उम्मेद्वारी घोषणा (तस्बिर र भिडिओ सहित)

कुश्मा । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षको लागि कुल आचार्यले उम्मेदवारी घोषणा गर्नुभएको छ । आचार्यले आइतबार गृह जिल्ला पर्वत सदरमुकाम कुश्माबाट म्याग्दी ,र्पवत र बागलुङका पत्रकारहरुको सम्मेल गरी आगामी महाधिवेशनमा…

thumbnail

धानले हरियाली रत्नेचौर फाँट (फोटो फिचर)

बेनी । म्याग्दीको बेनी नगरपालिका–१,रत्नेचौरका किसानले रोपेका धानको हरियाली फाँट । हिमाली जिल्ला म्याग्दीमा समयमै बर्षा हुँदा यस बर्ष ९७ प्रतिशत भन्दा बढी धान रोपाइँ सम्पन्न भएको छ । म्याग्दीमा गौरिया, जेठोबुढो,…

thumbnail

पर्यटकीय स्थल लभ्लीहिल र बेनी बजारको सुन्दरता (फोटो कथा)

साधन राम्जाली म्याग्दी । पछिल्लो समय आन्तरिक पर्यटकहरुको गन्तव्यमा परेको म्याग्दीको पर्यटकीय स्थल लभ्ली हिलबाट म्याग्दी सदरमुकाम बेनीबजारको सुन्दर तथा आकर्षक दृश्य देख्न सकिन्छ । बेनी नगरपालिका–२, ज्यामरुककोट स्थित खबरामा पर्ने लभ्लीहिलको…