गायन, नृत्य र अभिनयको ट्यालेन्ट शो आयोजना हुँदै

काठमाडौं । एउटै मञ्चबाट गायन, नृत्य र अभिनयको प्रतिभा छान्ने उद्देश्यले मेगा ट्यालेण्ट अनलाइन रियालिटी शो आयोजना हुने भएको छ । भारतीय संगीत क्षेत्रमा स्थापित टी सिरिज इस्टेज वर्क गुहाटी र टी सिरिजको शैक्षिक पहलसँगको सहकार्यमा नेपालका लागि अधिकारिक प्रतिनिधि काइजेन इन्क प्राइभेट लिमिटेडले यस प्रतियोगिता आयोजना गर्न लागेको हो । नाइस टेलिभिजन एचडीमार्फत युनिक डिजिटल अनलाइन ट्यालेण्ट हण्ट रियालिटी सो प्रशारण हुने आयोजकले जानकारी दिएको छ ।

डिजिटल पेमेन्ट गेटवे ‘डीजी पे’ मुख्य प्रयोजक रहने कार्यक्रममा तीनवटै विधाका विजेतालाई टी सिरीज इस्टेज वर्क गुहाटीमा काइजेन इन्कको तर्फबाट १० लाख बराबरको छात्रवृत्ति प्रदान गरिने आयोजकले जनाएको छ । मुख्य विजेताले १०० प्रतिशत त्यस्तै उप–विजेताले ७५ प्रतिशत र तेस्रो स्थान हासिल गर्नेले पनि संगीत, नृत्य वा अभिनय प्रशिक्षणमा ५० प्रतिशत छात्रवृत्ति पाउनेछन् ।

विजेताहरू तथा प्रतिस्पर्धीहरुले उपाधिसँगै प्रायोजकहरूबाट आकर्षक गिफ्ट ह्याम्परहरु समेत प्राप्त गर्नेछन् । छनौट चरणका ८ सेमिफाइनलका २ र ग्राण्ड फिनालेको १ सहित ११ एपिसोडमा पूरा हुने रियालिटी शोमा विजेताको छनौट निर्णायकको अंक, डिजिटल भोटिङ र सोसल मिडियाको प्वाइन्टका आधारमा गरिनेछ । कार्यक्रममा नेपाली र भारतीय चलचित्र र संगीत उद्योगका हस्तीहरूलाई निर्णायकका रुपमा राखिने आयोजक पक्षले जनाएको छ ।

सम्बन्धित समाचार

thumbnail

तेल अभिभ विश्वमा सबैभन्दा महंगो सहर

एजेन्सी । इजरायली शहर तेल अभिभ विश्वकै सबैभन्दा महंगो सहर साबित भएको छ । ईकोनोमिस्ट इन्टेलिजेन्स युनिट ९इआइयू०ले गरेको एउटा सर्वेक्षणमा तेल अभिभ बस्नका लागि विश्वकै सबैभन्दा महंगो सहर बनेको हो ।…

thumbnail

अमेरिकाको मिशिगनको हाइस्कुलमा १५ वर्षे विद्यार्थीद्वारा गोलीबारी, तीनको मृत्यु ८ घाइते

एजेन्सी । अमेरिकाको मिशिगनमा एक हाइस्कुलमा भएको गोलीबारीमा तीन विद्यार्थीको मृत्यु भएको छ भने एक शिक्षकसमेत आठ जना घाइते भएका छन् । अधिकारीका अनुसार मृत्यु हुनेमा १६ वर्षका किशोर, १४ वर्षकी बालिका…

thumbnail

नेयमार दुई महिना मैदान बाहिर रहने

एजेन्सी । ब्राजिलियन स्टार तथा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)का स्ट्राइकर नेयमार जुनियर घुँडाको चोटका कारण दुई महिना मैदान बाहिर रहने हुनुभएको छ । २९ वर्षीय नेयमार आइतबार लिग…