धवलागिरी गाउँपालिका मुख्य समाचार समाचार समाज स्थानीय

चट्याङले नेपाल टेलिकम टावरमा क्षति

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ ,मुदीमा रहेको नेपाल टेलिकमको टावरमा चट्याङले क्षति पु¥याएको छ । दुर्गम क्षेत्रका जनतालाई लक्षित गरी सञ्चालनमा रहेको टावरमा सोमबार राति चट्याङले आइडियु (आरटिएन –९१० ) डिभाइसको फोरजी कोट अवरुद्ध भएको थियो । पोखराबाट आएका इन्जिनियर सागर झाको टोलीले थ्रीजीको कोट मार्फत फोरजी सेवा सुचारु गरिएको छ । इजिनियर झाका अनुसार अवरुद्ध थ्रीजीको सेवा पनि छिट्टै संचालन हुनेछ ।

चट्याङले टावरमा रहेको दुई किलोवाट क्षमताको सोलार इन्भटरमा क्षति पु¥याएको छ । तत्कालका लागि फलियागाउँका श्याम भण्डारीले आफुले प्रयोग गर्दै आइरहेको दुई किलोवाट क्षमताको इन्भटर जडान गरेर सेवा सुचारु गरिएको हो । ‘चट्याङले टावरमा रहेको दुई किलोवाट क्षमताको सोलार इन्भटरमा क्षति पु¥याए पछि फोरजी संगै टेलिफोन सेवा अवरुद्ध भएको भएको थियो ,’ भण्डारीले भन्नुयो ,तत्कालका लागि गाउँपालिका र गाउँपालिका बासीलाई सहज होस् भन्ने उद्धेश्यले मैले प्रयोग गर्दै आइरहेको दुई किलोवाट क्षमताको इन्भटर टावरमा जडान गरेर सेवा सुचारु भएको छ,।’

दुर्गम क्षेत्रका जनतालाई लक्षित गरी सञ्चालनमा रहेको टावरमा चट्याङले संचार सेवा अवरुद्ध हुँदा समस्या भएको गाउँपालिका अध्यक्ष थमसरा पुनले बताउनुभयो । तत्कालका लागि फोरजी सेवा सुचारु भएको र अन्य अवरुद्ध सेवा सुचारुको लागि  सम्बन्धित निकायसंग पहल भइरहेकाे अध्यक्ष पुनले जानकारी दिनुभयो । त्यस्तै गाउँपालिका कार्यालयमा समेत संचार माध्यमहरु पूर्ण रुपमा प्रभावित बनेका थिए ।

 

 

सम्बन्धित समाचार

thumbnail

अपडेट : पहिरोले थुनिएको गुर्जा खोलाको अवस्था यस्तो छ (फोटो फिचर)

म्याग्दी । पहिरोले थुनिएको म्याग्दीको धवलागिरि गाउँपालिका–१ स्थित गुर्जाखोला ओभरफ्लो भएर प्राकृतिकरूपमा बग्न थालेपछि सम्भावित जोखिम हटेको छ । गुर्जाको खास्का भन्ने ठाउँमा शनिबार दिउँसो पहाड भत्किएर पहिरो खस्दा थुनिएको खोला रातिदेखि…

thumbnail

अपडेट : पहिरोले थुनिएको गुर्जा खोला ओभरफ्लो भएर बग्न थाल्यो

म्याग्दी । पहिरोले थुनिएर ताल बनेको गुर्जा खोला बग्न थालेको छ । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर १ गुर्जा स्थित ठुलो गल्छिमा शनिबार दिउसो खास्का पहाडबाट खसेको पहिरोका कारण थुनिएको म्याग्दी नदीको…

thumbnail

पहिरोले गुर्जा खोला थुनीयो,तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बेनी । म्याग्दी सदरमुकाम बेनी हुँदै बग्ने म्याग्दी नदीको सहायक खोला गुर्जा खोला थुनिएको छ । धवलागिरि गाउँपालिका–१, गुर्जा स्थित खास्काको डाँडाबाट खसेको पहिरोले ठुलो गल्छिमा गुर्जा खोला थुनिएको र ठुलो ताल…