घटना मुख्य समाचार राष्ट्रिय समाचार समाज सुरक्षा

चितवनमा गोली लागेर एक युवकको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–१७ मानसिंह चोक नजिकै रहेको सिमडाँडा खेतको नहरमा एक युवक मृतावस्थामा फेला परेका छन् । उनको टाउकोमा गोली लागेको र नजिकै खोकासमेत भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार अन्दाजी ३० वर्षका युवक मृतावस्थामा फेला परेका हुन् । उनको टाउकामा गोली लागेको जस्तो घाउ देखिएको छ । नजिकै गोलीको एउटा खोका पनि भेटिएको उनले जानकारी दिनुभयो ।

बिहान अबेर मात्र घटनाका विषयमा जानकारी प्राप्त भएको जनाउँदै उनले मृत पुरुषको सनाखत भई नसकेको बताउनुभयो । सो क्षेत्रमा प्रहरीले शव निकालेर घटनाको अध्ययन थालेको बताइएको छ । रासस

सम्बन्धित समाचार

thumbnail

करेन्ट लागेर एक जनाको मृत्यु

जनकपुरधाम । महोत्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । भंगहा नगरपालिका–७ का १७ वर्षीय राजु पासवानको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । राजुलाई काकाको घरमा विद्युत मर्मत गर्ने…

thumbnail

रुकुम पश्चिमकी मकला खड्काको मृत्यु-प्रकरणमा उनकै भतिजासहित तीन पक्राउ

सुर्खेत । भैंसीलाई घाँस हाल्न गोठमा गएको बेला मृत भेटिएकी रुकुम पश्चिमकी मनकला खड्काको मृत्यु प्रकरणमा उनकै परिवारभित्रका आफन्त पक्राउ परेका छन्। उनीहरूलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो। त्रिवेणी गाउँपालिका–४ छहरे…

thumbnail

टाउको र छाती नरहेको शरीरको आधा भाग फेला

महोत्तरी । महोत्तरी जिल्लाको जलेश्वरमा अवस्थित रातो खोलाले बगाएर ल्याएको अवस्थामा आधा शरीर प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जलेश्वरमा रहेको रातो खोलाको…