झापामा कोरोना संक्रमणबाट एकदिनमै पाँच जनाको मृत्यु

दमक । झापामा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १०१ वर्षीय वृद्धसहित पाँच व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन महिला र दुई पुरुष छन् ।

मृत्यु हुनेमा कमल गाउँपालिकाका १०१ वर्षीय वृद्धसहित सोही पालिकाका ८१ वर्षीय वृद्ध, भद्रपुरका ७० वर्षीय वृद्ध, दमककी ६२ वर्षीया महिला र बुद्धशान्तिकी ५९ वर्षीया महिलाको पनि मृत्यु भएको जिल्लास्थित स्वास्थ्य कार्यालयले जनाएको छ ।

यससँगै झापामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४४२ पुगेको छ । यसअघि मङ्गलबार झापामा चार जनाको मृत्यु भएको थियो । कोरोनाबाट धेरै मृत्यु हुनेमा बिर्तामोडका छन् ।

त्यहाँ ५८ जनाको मृत्यु भइसकेको छ भने दमक, मेचीनगर, भद्रपुर, बुद्धशान्ति, अर्जुनधारा, शिवसताक्षी, कमलमा सङ्क्रमणबाट मृत्यु हुने धेरै रहेको स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चम्लागाईँले बताउनुभयो । झापामा कोरोना सङ्क्रमितको कूल सङ्ख्या २१ हजार ६२० पुगेको छ । नागरिक खबरबाट

सम्बन्धित समाचार

thumbnail

थप १४७८ जनामा कोरोना संक्रमण, ६ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा १ हजार ४ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ९ सय ३० जनाको नमूना परीक्षण गर्दा…

thumbnail

काठमाडौं उपत्यकामा ४० प्रतिशतले लगाए कोरोना विरुद्धको दुवै डोज खोप

काठमाडौँ । काठमाडौं उपत्यकामा ४० प्रतिशतले कोरोना विरुद्धको दुवै डोज खोप लगाएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको रोकथाम र नियन्त्रलाई प्रमुख प्राथमिकताका बनाएर कोरोना बिरुद्धको खोप अभियान प्रभावकारी रुपमा सुरु गरेपछि ४०…

thumbnail

थप १३३० जनामा कोरोना संक्रमण, ५ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा १ हजार ३ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ६ सय २२ जनाको नमूना परीक्षण गर्दा…