टाउको र छाती नरहेको शरीरको आधा भाग फेला

महोत्तरी । महोत्तरी जिल्लाको जलेश्वरमा अवस्थित रातो खोलाले बगाएर ल्याएको अवस्थामा आधा शरीर प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जलेश्वरमा रहेको रातो खोलाको पश्चिमी किनारमा बुधबार प्रहरीले टाउकोसहित शरीरको आधा भाग नरहेको अवस्थामा एक जनाको शव बरामद गरेको छ ।

जलेश्वर नगरपालिका–३ स्थित मलिवारा गाउँमा बग्दै गरेको रातो नदीको किनारमा पानीमा तैरिहेको अवस्थामा सो आधा शव फेला परेको हो । शवको टाउको, छाती नरहेको र पेटलगायतका आधा भाग पनि सडेगलेको अवस्थामा पानीमा तैरिरहेको फेला परेका कारण महिला पुरुष के रहेको कुरा पनि खुल्न नसकेको बताएको छ । प्रहरीले सो शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाएको छ । रासस

 

सम्बन्धित समाचार

thumbnail

सम्पत्तिका लागि आफन्तबाटै महिलाको हत्या, शरीर टुक्राटुक्रा पारेर खोलामा बगाइयो

काठमाडौँ । ५५ वर्षीया एक महिलाको हत्या गरेको आरोपमा प्रहरीले झापाबाट चार जनालाई पक्राउ गरेको छ। झापा गाउँपालिका–१ माइती घर भई भारत किसनगञ्ज जिल्ला बस्ने धोन्नी टुडुको हत्या आरोपमा प्रहरीले चार जनालाई…

thumbnail

बुटवलका मेयरमाथि आक्रमण गर्ने युवालाई सार्वजनिक मुद्दा

रुपन्देही । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीमाथि आक्रमण गर्ने युवालाई सार्वजनिक मुद्दा दायर गरिएको छ । सुवेदीमाथि आक्रमण गर्ने स्थानीय गणेश पंगेनीमाथि सार्वजनिक मुद्दा दायर गरिएको हो । सोमबार बिहान बुटवल–३ ज्योतिनगरको…

thumbnail

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

गोरखा । श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले गोरखा नगरपालिका–७ पौवाखेतकी ५५ बर्षकी माइली कामीलाई पक्राउ गरेको छ ।असोज ४ गते राति उनले आफ्नै श्रीमान ५६ बर्षका आइतबहादुर कामीको हत्या गरेको प्रहरीले बताएको…