काेराेना अपडेट मुख्य समाचार म्याग्दी न्युज विशेष राष्ट्रिय समाचार समाज

थप २८३८ जनामा कोरोना संक्रमण , ३० को मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ३८ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७ सय १५ आरटी पिसिआर र ३ हजार ९ सय १ एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा २ हजार ८ सय ३८ जनामा कारोना संक्रमण पुष्टि भएको हो ।

हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ७२ हजार ८ सय ७१ जनामा र एन्टिजेन विधिबाट ५१ हजार ५ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट ३० जनाले ज्यान गुमाएका छन् । यो संगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ६ सय ३७ पुगेको छ । हाल नेपालमा मृत्यु हुने दर १.५ प्रतिशत रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७५ जनाले कोरोना जितेका छन् । यो संगै कारोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ३६ हजार ४ सय २ रहेको छ ।मन्त्रालयका अनुसार निको हुनेको दर ९४.६ प्रतिशत छ ।

सम्बन्धित समाचार

thumbnail

झापामा कोरोना संक्रमणबाट एकदिनमै पाँच जनाको मृत्यु

दमक । झापामा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १०१ वर्षीय वृद्धसहित पाँच व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन महिला र दुई पुरुष छन् । मृत्यु हुनेमा कमल गाउँपालिकाका १०१ वर्षीय…

thumbnail

ब्राजिलमा कोरोना संक्रमणका कारण एक दिनमै १३४४ जनाको मृत्यु

काठमाडौं । ब्राजिलमा कोभिड १९ बाट हुने मृत्यु अझै पनि घट्न सकेको छैन । यहाँका अधिकारीहरुका अनुसार पछिल्ला केही दिनमा कोभिडबाट हुने मृत्यु बढ्दै गएको छ । कोभिड १९ बाट धेरै प्रभावित…

thumbnail

बागलुङमा खोप अभियान स्थगित

बागलुङ । बागलुङमा खोप अभियान स्थगन गरिएको छ । बागलुङमा जारी कोरोनाविरुद्धको खोप अभियानमा पहुँचवालाले अनावश्यक दबाब र दुरुपयोग गरेको व्यापक गुनासो पछि खोप अभियानस्थल केन्द्रको निर्देशनमा स्थगन भएको छ । खोपका…