घटना मुख्य समाचार राष्ट्रिय समाचार समाज सुरक्षा

नहरमा डुबेर दुईजनाको मृत्यु

चितवन । नहरमा डुबेर दुई जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरका १६ वर्षीय अङ्कित जोशी र १४ वर्षीय विवेक शर्माको नहरमा डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बुधबार करिब ४ बजेको समयमा क्षेत्रपुरको खुल्ला चौरमा क्रिकेट खेलेर नजिकै रहेको नहरमा हातखुट्टा धुने क्रममा विवेक चिप्लिएर नहरमा खसेका थिए ।

नहरमा खसेका साथीलाई बचाउन जाने क्रममा अङ्कित पनि बेपत्ता भएका हुन् । प्रहरीले नहरमा बेपत्ता भएको खबर पाएसँगै खोजी गर्दा २०० मिटर पर नहरबाट उद्धार गरी उपचारका लागि भरतपुर अस्पताल ल्याएको थियो । अस्पतालमा उपचारका क्रममा उनीहरुको साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

सम्बन्धित समाचार

thumbnail

करेन्ट लागेर एक जनाको मृत्यु

जनकपुरधाम । महोत्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । भंगहा नगरपालिका–७ का १७ वर्षीय राजु पासवानको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । राजुलाई काकाको घरमा विद्युत मर्मत गर्ने…

thumbnail

रुकुम पश्चिमकी मकला खड्काको मृत्यु-प्रकरणमा उनकै भतिजासहित तीन पक्राउ

सुर्खेत । भैंसीलाई घाँस हाल्न गोठमा गएको बेला मृत भेटिएकी रुकुम पश्चिमकी मनकला खड्काको मृत्यु प्रकरणमा उनकै परिवारभित्रका आफन्त पक्राउ परेका छन्। उनीहरूलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो। त्रिवेणी गाउँपालिका–४ छहरे…

thumbnail

टाउको र छाती नरहेको शरीरको आधा भाग फेला

महोत्तरी । महोत्तरी जिल्लाको जलेश्वरमा अवस्थित रातो खोलाले बगाएर ल्याएको अवस्थामा आधा शरीर प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जलेश्वरमा रहेको रातो खोलाको…