पत्रकारलाई एक महिनाभित्र पारिश्रमिक दिने नागरिक दैनिकको बचन, पहिलो किस्ता आजैबाट

काठमाडौं । नेपाल रिपब्लिक मिडियाले कार्यरत् पत्रकारलाई पारिश्रमिक उपलब्ध गराउने बचन दिएको छ । बिहीबार वार्ता हुँदा मिडियाले एक महिनाभित्र सबै पारिश्रमिक दिने प्रतिवद्धता जनाएको हो।

तर, पत्रकारले यो प्रतिवद्धता लिखित रुपमै हुनुपर्ने अडान राखेका छन्। पत्रकार गिरिराज बाँस्कोटाका अनुसार व्यवस्थापनले तीन किस्तामा पारिश्रमिक उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ।

‘पहिलो किस्ता तत्कालै उपलब्ध गराउन थालेको पनि छ,’ बाँस्कोटाले भन्नुभयो, ‘एक महिनाभित्र सबै भुक्तानी गर्ने सहमति छ।’लिखित प्रतिवद्धतापछि मात्रै आन्दोलन के गर्नेबारे निर्णय गरिने उहाँले बताउनुभयो।

उहाँसहित ६ जना पत्रकार बुधबारदेखि कार्यालयमा धर्ना बसिरहेका थिए। पत्रकारको धर्नापछि नेपाल पत्रकार महासंघले चेतावनीयुक्त पत्र रिपब्लिक मिडियामा पठाएको थियो।

धर्नामा अन्य १८ जना पत्रकारको ऐक्यवद्धता थियो। उनीहरूले दुईदेखि तीन वर्षयता पारिश्रमिक नपाएको बताउँदै आएका छन्।बिहीबार प्रबन्ध निर्देशक विनोदराज ज्ञवालीसँग पत्रकारहरू वार्तामा बसेका थिए।

प्रधान सम्पादक र मानव संशाधन विभागमा कुराकानी गरे पनि बेवास्ता गरेपछि पत्रकार धर्नामा बसेका थिए।रिपब्लिक मिडियाले आफ्नो नेपाली संस्करण नागरिक र अंग्रेजी संस्करण रिपब्लिका दैनिक प्रकाशन गर्दै आएको छ। सेतोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

विश्वामित्र सहकारीले ११औं स्थापना दिवस विविध कार्यक्रमसहित मनायो

बेनी । म्याग्दीको सदरमुकाम बेनीको न्युरोडबाट सञ्चालित विश्वामित्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११औं स्थापना दिवस विभिन्न कार्यक्रमसहित मनाइएको छ । बुधबार सहकारीको सभाहलमा संहकारीका संस्थापक पदाधिकारीहरुलाई सम्मान, छात्रवृत्ति प्रदान, र…

thumbnail

मिर्गौला डायलिसिसको मनपरी शुल्क रोक्न स्वास्थ्य समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गत रहेको शिक्षा तथा स्वास्थ्य समितिले मिर्गौला डायलिसिसको मनपरी शुल्क रोक्न सरकारलाई निर्देशन दिएको छ । बुधबार सिंहदरबारमा बसेको बैठकमा छलफलपछि समितिकी सभापति जयपूरी घर्तीले मिर्गौला पीडित उपचारका…

thumbnail

१०४ अंकले बढ्यो नेप्से

काठमाडौँ । बुधबार सेयर बजारको परिसूचक नेप्से १०४ अंकले बढेको छ। सो अंकको वृद्धिपछि परिसूचक २८१६ अंकमा कायम भएको छ। कारोबार रकम भने घटेको छ। कुल ६ अर्ब १७ करोड रुपैयाँको सेयर…