घटना मुख्य समाचार राष्ट्रिय समाचार समाज सुरक्षा

बाँकेमा पानीमा डुबेको अवस्थामा ३ जनाको शव फेला

बाँके । बाँकेमा पानीमा डुबेको अवस्थामा ३ जनाको शव फेला परेको छ । जिल्लाको कोहलपुर नगरपालिका–१० चटार स्थित डडुवा खोलको बन्दा नहरस्थित पानीमा डुबेको अबस्थामा हिजो साँझ ३ जनाको शव फेला परेको हो ।

उक्त नगरपालिका वडा नम्वर ११ स्थित श्रृष्टिहल नजिक बस्ने अन्दाजी बर्ष १६ का अरिब जसगढ, सोही स्थानका बर्ष १७ का अरमान जसगढ र सदरलाईन टोल बस्ने वर्ष १८ को रासिद जसगढको शव उक्त नहरमा डुबेको अवस्थामा फेला परेको हो ।

बाँकेका प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेका अनुसार उनीहरु त्यस नहरमा पौडी खेल्ने क्रममा बेपत्ता भएको भन्ने खबर पाउना साथ ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरुको शव फेला पारेको हो । उनीहरुको शव पोष्टमार्टमका लागि भेरी अस्पतालमा पठाइएको छ । रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

करेन्ट लागेर एक जनाको मृत्यु

जनकपुरधाम । महोत्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । भंगहा नगरपालिका–७ का १७ वर्षीय राजु पासवानको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । राजुलाई काकाको घरमा विद्युत मर्मत गर्ने…

thumbnail

रुकुम पश्चिमकी मकला खड्काको मृत्यु-प्रकरणमा उनकै भतिजासहित तीन पक्राउ

सुर्खेत । भैंसीलाई घाँस हाल्न गोठमा गएको बेला मृत भेटिएकी रुकुम पश्चिमकी मनकला खड्काको मृत्यु प्रकरणमा उनकै परिवारभित्रका आफन्त पक्राउ परेका छन्। उनीहरूलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो। त्रिवेणी गाउँपालिका–४ छहरे…

thumbnail

टाउको र छाती नरहेको शरीरको आधा भाग फेला

महोत्तरी । महोत्तरी जिल्लाको जलेश्वरमा अवस्थित रातो खोलाले बगाएर ल्याएको अवस्थामा आधा शरीर प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जलेश्वरमा रहेको रातो खोलाको…