अन्तराष्ट्रिय अपराध समाचार सुरक्षा स्वास्थ्य

बाल यौन दुराचारको आरोपमा प्रिमियर लिगका एकजना खेलाडी पक्राउ

एजेन्सी । बाल यौन दुराचारको आरोपमा प्रिमियर लिगका एक फुटबल खेलाडीलाई प्रहरीले पक्राउ गरेको छ । गत शुक्रबार पक्राउ परेका ती खेलाडीलाई प्रहरीले सोधपुछ गरेपछि हाल धरौटीमा रिहा भएका छन् ।

एक वक्तव्य जारी गर्दै ग्रेट म्यानचेस्टर प्रहरीले भनेको छ, ‘प्रहरी अधिकारीहरूले १६ जुलाई २०२१ शुक्रबारका दिन एक पुरुषलाई बाल यौन दुराचारको आशङ्कामा पक्राउ गरेको थियो । उनी हाल धरौटीमा रिहा भएका छन् । यसबारे थप अनुसन्धान भइरहेको छ ।’

अनुसन्धान भइरहँदा क्लबले पनि ती खेलाडीलाई निलम्बन गरेको छ । एभर्टनले सोमबार एक विज्ञप्ति जारी गर्दै एक खेलाडीलाई निलम्बन गरेको जानकारी दिएको छ । यद्यपि, क्लबले बाल यौनदुराचारको आरोप लागेका खेलाडी तिनै हुन् भनेर चाहिँ पुष्टि गरेको छैन ।

क्लबले विज्ञप्तिमा प्रहरीको अनुसन्धान चलिरहेको बताउँदै पहिलो रोजाइको एक खेलाडीलाई एभर्टनले निलम्बन गरेको र प्रहरी अनुसन्धानमा सहयोग गर्ने बताएको छ । रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

ब्राजिलमा कोरोना संक्रमणका कारण एक दिनमै १३४४ जनाको मृत्यु

काठमाडौं । ब्राजिलमा कोभिड १९ बाट हुने मृत्यु अझै पनि घट्न सकेको छैन । यहाँका अधिकारीहरुका अनुसार पछिल्ला केही दिनमा कोभिडबाट हुने मृत्यु बढ्दै गएको छ । कोभिड १९ बाट धेरै प्रभावित…

thumbnail

टोकियो ओलम्पिक : अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा

काठमाडौं । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा उक्लेको छ । चीन र जापानलाई उछिन्दै अमेरिका शीर्ष स्थान ओगट्न सफल भएको हो । अमेरिकाले हालसम्म…

thumbnail

बङ्गलादेशबाट आइपुग्यो ५२ हजार मेट्रिकटन युरिया मल

काठमाडौं । बङ्गलादेशबाट खरिद गरिएको ५२ हजार मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार– सरकार (जिटुजी) मार्फत रासायनिक मल खरिद गरिने सम्झौताअनुसार सो परिमाणको मल कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय…