
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्ष पनि सरकारमा सहभागि हुने भएको छ । जसपाको महन्थ ठाकुर पक्षले दुई वटा मन्त्रालय लिएर सरकारमा जानको भएको हो ।
अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री शेर बहादुर देउवाबीच भएको भेटवार्तामा दुई वटा मन्त्रालय लिएर सरकारमा जाने सहमति भएको हो । बुधबार बिहान अध्यक्ष ठाकुर र प्रधानमन्त्री देउवाबीच बालुवाटारमा भेटवार्ता भएको थियो ।
ठाकुर पक्ष सरकारमा जाने विषयमा जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव पनि सहमत रहेको स्रोतले जानकारी दियो । महन्थले कुन–कुन मन्त्रालय पाउने भन्ने विषयमा सहमति भइसकेको छैन । गत आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिएका प्रधानमन्त्री देउवालाई जसपाको ठाकुर पक्षले पनि विश्वासको मत दिएको थियो । नागरिक खबरबाट