अपराध घटना मुख्य समाचार राष्ट्रिय समाचार समाज

सल्यानमा सामान्य विवादका कारण दाइले गरे भाइको हत्या

सुर्खेत । सामान्य विवाद हुँदा सल्यानमा दाइले भाइको हत्या गरेका छन् । बनगाड कुपिण्डे नगरपालिका-५, खैरागारका १४ वर्षीय कपिल परियारले १३ वर्षीय सन्दीप परियारको हत्या गरेका हुन् ।

दुई बालकले आपसी झगडा गर्दा भाइ सन्दीपको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार घटनापछि कपिललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सन्दीप र कपिलबीच मंगलबार साँझ मोबाइल चार्ज गर्ने विषयमा सामान्य विवाद् भएको र सोही विवादले हत्याकै रुप लिएको प्रहरीले जनाएको छ । विवाद्पछि कपिलले सन्दीपलाई हिर्काएको मुडीले कन्चटमा लागेपछि सन्दिप बेहोस् भएका थिए ।

बेहोस सन्दीपलाई उपचारका लागि बाँकेको नेपालगञ्ज मेडिकल कलेज कोहलपुर पुर्‍याइएको उपचारका क्रममा बुधबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

कपिल र सन्दीप सहोदर दुई दाजुभाइका छोराहरू हुन् । घटनाबारे इलाका प्रहरीले कार्यालय सल्लीबजारले थप अनुसन्धान गरिरहेको सल्यान प्रहरीले जनाएको छ । अनलाइनखबरबाट

सम्बन्धित समाचार

thumbnail

बैंकिङ कसुरमा ९ लाख जरिवाना तोकिएका प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दामा ९ दिन कैद र ९ लाख जरिवाना तोकिएका फरार प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–२ घर भएका राम खड्का…

thumbnail

बुटवलमा बजार अनुगमनका क्रममा सडेको माछामासु भेटियो

रुपन्देही । बुटवल बजार अनुगमनका क्रममा अस्वस्थकर माछामासु भेटिएको छ । मासु पसल मापदण्ड विपरीत सञ्चालन गरिएको र अस्वस्थकर माछामासु बिक्रीका लागि राखेको पाइएपछि नष्ट गरिएको बुटवल उपमहानगरपालिका उपप्रमुख गुमादेवी आचार्यले जानकारी…

thumbnail

६५ किलो गाँजासहित दुईजना पक्राउ

काठमाडौं । मकवानपुर प्रहरीले गाडीबाट ६५ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले बिहीबार हेटौंडा उपमहानगरपालिका-१९ स्थित सडक खण्डबाट बा११च ९५०९ नम्बरको गाडीबाट गाँजा बरामद गरेको हो। पक्राउ पर्नेमा भरतपुर महानगरपलिका-२०…