अन्तराष्ट्रिय काेराेना अपडेट मुख्य समाचार राष्ट्रिय समाचार सुरक्षा

१० लाख डोज खोप लिन नेपाल एयरलाइन्सको जहाज आज राति बेइजिङ जाँदै

काठमाडौं । कोरोना भाइरसविरूद्धको खोप लिन नेपाल एयरलाइन्सको जहाज आज राति चीनको बेइजिङ जाने भएको छ। एयरलाइन्सका महाप्रबन्धक डिमप्रकाश पौडेलले १० लाख डोज खोप लिन जहाज राति ११ बजे बेइजिङ जाने जानकारी दिनुभयो।

उनले खोप लिएर जहाज भोलि बिहान नेपाल आइपुग्ने बताउनुभयो। लगत्तै अर्को १० लाख डोज खोप लिन भोलि साँझ नै जहाज बेइजिङ जाने पौडेलले जनाउनुभयो ।

त्यसपछि पनि जहाज शनिबार फेरि अर्को १० लाख डोज खोप लिन बेइजिङ जाने तालिका छ। सरकारले चीनबाट ४० लाख डोज खोप खरिद गरेको हो। यसअघि नै एयरलाइन्सले ८ लाख डोज खोप ल्याएको थियो।

सरकारले चीनबाट ल्याएका खोप अहिले नागरिकलाई लगाइरहेको छ। अब आउने खोप भने कसलाई लगाउनेबारे टुंगो भने भइसकेको छैन। यद्यपि सरकारले अब कम उमेर समूहमा खोप लगाउँदै जाने जनाएको छ। सेतोपाटीबाट

 

सम्बन्धित समाचार

thumbnail

ब्राजिलमा कोरोना संक्रमणका कारण एक दिनमै १३४४ जनाको मृत्यु

काठमाडौं । ब्राजिलमा कोभिड १९ बाट हुने मृत्यु अझै पनि घट्न सकेको छैन । यहाँका अधिकारीहरुका अनुसार पछिल्ला केही दिनमा कोभिडबाट हुने मृत्यु बढ्दै गएको छ । कोभिड १९ बाट धेरै प्रभावित…

thumbnail

टोकियो ओलम्पिक : अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा

काठमाडौं । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा उक्लेको छ । चीन र जापानलाई उछिन्दै अमेरिका शीर्ष स्थान ओगट्न सफल भएको हो । अमेरिकाले हालसम्म…

thumbnail

बङ्गलादेशबाट आइपुग्यो ५२ हजार मेट्रिकटन युरिया मल

काठमाडौं । बङ्गलादेशबाट खरिद गरिएको ५२ हजार मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार– सरकार (जिटुजी) मार्फत रासायनिक मल खरिद गरिने सम्झौताअनुसार सो परिमाणको मल कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय…