सन् २०२१ भित्रै धेरैलाई खोप लगाईसक्छौं : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वीर अस्पतालको नयाँ सर्जिकल भवनको उट्घाटन गरेका छन् ।आइतबार बिहान प्रधानमन्त्री ओलीले औपचारिक कार्यक्रमकाबीच भवन उट्घाटन गरेका हुन् । प्रधानमन्त्री ओलीले २०७४ साल फागुन २५ मा शिलन्यास गरेका थिए । ५ सय शय्यासहितको भवनमा आइसियु, एचडियु र जनरल शय्या संचालन हुनेछन् ।

त्यस्तै कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले २०२१ भित्रै सबै नागरिकलाई खोप लगाइसक्ने बताउनुभएको छ।अहिले विभिन्न देशहरुसंग खोप लिने सम्झौता र प्रयास भइरहेकोले यो वर्षभित्रै धेरै जनसंख्यालाई खोप दिइने उहाँले बताउनुभयो।

त्यस्तै प्रधानमन्त्री ओलीले कोरोना भाइरस विश्वमा रहेसम्म सबै नागरिकले जनस्वास्य मापदण्ड पालना गर्नु पर्ने सुझाउनुभयो । ‘कोरोना संक्रमणको जोखिम अझै हटेको छैन् ।त्यसैले सजक हुँदै अघि बढ्नु पर्छ र कोभिड १९ विरुद्धको जनस्वास्थ्य सेवालाईसुचार राख्नु पर्छ’, उहाँले भन्नुभयो ।

उहाँले अस्पतालमा आउने बिरामीलाई स्वास्थ्यकर्मीले गर्ने व्यवहार पनि राम्रो हुनुपर्ने सुझाव दिएका छन् ।नेपाल उपचार पद्धतिमा परम्परागत औषधिमा पहिल्यै अघि बढेको भएपनि बीचको समयमा उपचारहरु गलत दिशा तर्फ गएकोले परम्परागत औषधि ज्ञान छायाँमा परेको औल्याउनुभयो ।

आफू पहिलो मिर्गौला प्रत्यारोपणको लागि भारत जानु परेको बाध्यताको स्मरण गर्दै प्रधानमन्त्री ओलीले विदेशमा उपचार गर्न जानु अनेक किसिमको झंझटिलो हुने भएकोले नेपालमै सबै खालका उपचार पद्धतिको विकासमा सरकार लागि परेको बताउनुभयो ।

त्यस्तै सोही कार्यक्रममा निर्माण व्यवसायी रमेश शर्मा सम्मानित भएका छन् ।व्यवसायी शर्माले देशकै केन्द्रीय अस्पतालको आधुनिक भवन निर्माण गर्न पाउँदा सौभाग्य भएको र प्रधानमन्त्रीबाट सम्मानित हुँदा खुशी लागेको बताउनुभयो ।‘नाम, नक्सा, बजेट र निर्माण बुझेर मात्र शिलन्यास गर्न आएको भन्नु भएको थियो’ उहाँले त्यतिबेलाको दृष्य स्मरण गर्नुभयो ।कोभिडकालको अवरोधका वीचमा सम्पन्न गर्न सफल भएको उहाँले बताउनुभयो ।जेडआइसी र सर्वाण निर्माण कम्पनीको संयुक्त रुपमा निर्माण भएको उहाँले बताउनुभयो ।

कार्यक्रमलाई संबोधन गर्दै अस्पतालका प्रशासकीय प्रमुख डा. जागेश्वर गौतमले नयाँ सर्जिकल भवनको निर्माणसंगै अस्पतालले बिशिष्कृत सेवा दिन सहज हुने बताउनुभयो ।आगामी ८ सय ३१ जनाको दरवन्दी स्वीकृति भइसकेकोले अवको उपचार सहज र शुलभ हुने अस्पतालका प्रशासकीय प्रमुख डा. जागेश्वर गौतमले बताए।हालको कोभिड १९ को बिशेष सेवा दिइसकेको छ । भुकम्पले ९२ वटा शैय्यामा क्षति पुगेको थियो ।

भवनमा क्षतिपुगेपछि जापान सरकार वीचको समवन्यमा नयाँ जाइका भवन निर्माण भएको भइसकेपछि सेवामा सहज भएको थियो । गौतमले हालको २५ शैय्याको आकस्मिक कक्षलाई १ सय शैय्यामा पु¥याउने,१५ शैय्याको श्वास–प्रश्वास आइयिुलाई २५ शैय्याको पु¥याउने, मेकिडकल आइसियुलाई ५० शैय्यामा विस्तार गर्ने योजना रहेको र हाल बहिरंग सेवामा रहेको ज्येष्ठ नागरिक सेवालाई ज्येष्ठड नागरिक वार्ड संचालन गरिने दैनिक ७५ वटा शल्यक्रिया गर्ने, मासिक १५ वटा मिर्गौला प्रत्यारोपण गर्ने योजना रहेको डा। गौतमले बताउनुभयो । डा.गौतमले यी बिशिष्टकृत सोव संचालनको लागि थप ५ अर्व अनुदान बजेट प्रधानमन्त्री समक्ष माग गर्नुभयो ।

कार्यक्रमलाई संबोधन गर्दै राष्ट्रिय चिकित्सा विज्ञान प्रतिषठानका उपकुलपति डा. देवनारायण शाहले यति ठूलो परियोजना ३८ महिनामै सम्पन्न भएको बताउनुभयो।नयाँ भवनलाई छिट्टै पुर्ण क्षमतामा प्रयोग गर्ने बताउनुभयो ।नयाँ भवनमा अत्याधुनिक व्यवस्था रहेको बताउनुभयो ।अत्याधुनिक अपे्रशन थिएटरको निर्माण भइसकेको, यसभवनमा प्रयोगशाला, रेडियोलोजी सेवाको समेत व्यवस्था रहेको र भवनबाट निस्कने फोहोेरको लागि अत्याधुनिक प्रविधी तयार भएको जानकारी दिनुभयो ।भवनको पुर्ण प्रयोगसंगै सर्जिकल क्षेत्रमा वीर अस्स्पतालले नयाँ आयाम थपिने शाहको भनाइ छ ।वीर अस्पताल दक्षिण एशियामै तीन वटा विद्यामा शिक्षा प्रदान गर्ने संस्थाको रुपमा स्थापित भइसकेको बताउनुभयो ।

आकस्मिक, नाक कान घाँटी, मुटुरोग, सघन , क्यान्सर, छातिरोग बिशेष, दन्त सेवा, नाक,कान घाँटी, छालारोग, यौनरोग मिर्गौला,रेडियोलोजी, आँखा सेवा, आइसियु, सेवा,युरोलोजी लगायतका बिभागवाट सेवा संचालनमा छन् । nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार