अपडेट:पहिरोले थुनिएको रघुगंगा नदी ‘ओभरफ्लो’भएर बग्न थाल्यो,तलाउको सतह घटेन (तस्बिर सहित)

म्याग्दी । पहिरोले थुनिएको रघुगंगा नदीको पानी ओभरफलो भएर बग्न थालेको छ । बुधवार राती गएको पहिरोले केहि समय नदीको अधिकाँश पानी थुनिएको थियो । रघुगंगा गाउँपालिकाको वडा नम्बर ६ मा पर्ने रायखोर र मुलपानीको बिचमा रहेको पहिरो खसेर रघुगंगा नदी थुनिएर तलाउ बनेको छ । रघुगंगा गाउँपालिकाको ६ र ७ नम्बर वडाको गौडामुनी भन्ने ठाउँको सिमानामा थुनिएको खोला आज विहानदेखि ओभरफलो भएर बग्न थालेपनि थुनिएर बनेको तलाउको सतह नघटेको स्थानीय युवा प्रदिप मगरले जानकारी दिनुभयो ।


उहाँका अनुसार, ५ सय मिटर बढी लामो तलाउ बनेको छ । अहिले पहिरो खसेर थुनिएको ठाउँबाट पानी ओभरफलो भएर बग्न थालेको छ । एकैपटक थुनिएको ठाउँबाट तलाउ फुटेमा तटिय क्षेत्रमा रहेका बस्तीमा जोखिम हुने खतरा रहेको मगरले बताउनुभयो । पहिरो निरन्तर खसीरहेकाले थप जोखिम रहेको उहाँको भनाई छ । धौलागिरि हिमालको फेदी हुँदै बग्ने रघुगंगा कालीगण्डकी नदीको सहायक नदी हो ।


नदी थुनिएको ठाउँमा वरपरको जमिन जलमग्न भएको छ । तलाउ भरिएर ओभरफलो हुन थालेपनि जोखिम कायमै रहेको मगरले बताउनुभयो । रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले नदी थुनिएको खबर पाउने बित्तिकै तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरिएको बताउनुभयो । नदी थुनिएको भन्दा तल्लो क्षेत्रमा ४० मेगावाट क्षमताको राहुघाट जलबिद्युत आयोजनाको बाँध निर्माणाधिन अवस्थामा छ भने नदीको तटिय क्षेत्रमा गलेश्वर बजार पर्छ । बेनी नगरपालिका–९ र रघुगंगा गाउँपालिका ३ को तिलकेनीमा रघुगंगा नदी कालीगण्डकीमा मिसिन्छ ।

तस्बिर : रिमु पुन 

सम्बन्धित समाचार

thumbnail

कांग्रेस म्याग्दीको सचिवमा युवा नेता हिराबहादुर पुनको उम्मेद्धारी घोषणा

बेनी । नेपाली कांग्रेस म्याग्दीको सचिव पदका लागि युवा नेता हिराबहादुर पुनले उम्मेद्धारी घोषणा गर्नुभएको छ । २०४७ सालमा नेविसंघबाटै राजनितिक यात्रा सुरु गर्नुभएका पुनले बुधबार सामाजिक सञ्जाल फेसबुक मार्फत कांग्रेसको १४…

thumbnail

सम्पत्तिका लागि आफन्तबाटै महिलाको हत्या, शरीर टुक्राटुक्रा पारेर खोलामा बगाइयो

काठमाडौँ । ५५ वर्षीया एक महिलाको हत्या गरेको आरोपमा प्रहरीले झापाबाट चार जनालाई पक्राउ गरेको छ। झापा गाउँपालिका–१ माइती घर भई भारत किसनगञ्ज जिल्ला बस्ने धोन्नी टुडुको हत्या आरोपमा प्रहरीले चार जनालाई…

thumbnail

बुटवलका मेयरमाथि आक्रमण गर्ने युवालाई सार्वजनिक मुद्दा

रुपन्देही । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीमाथि आक्रमण गर्ने युवालाई सार्वजनिक मुद्दा दायर गरिएको छ । सुवेदीमाथि आक्रमण गर्ने स्थानीय गणेश पंगेनीमाथि सार्वजनिक मुद्दा दायर गरिएको हो । सोमबार बिहान बुटवल–३ ज्योतिनगरको…