जितेको रकममध्ये १ हजार आमालाई दिन्छु, बाँकी शरणार्थीका लागि एम्बुलेन्स सहयोग गर्छु : किरण गजमेर

काठमाडौं । गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन–३’ को उपाधि विजेता किरण गजमेरले आफूले पाएको पुरस्कार रकमबाट शरणार्थी शिविरका नागरिकलाई दुई वटा एम्बुलेन्स सहयोग गर्ने भएका छन्।

शनिबार मध्यरातमा सर्वाधिक भोट मार्फत विजेता बनेका उनले आफूले पुरस्कारमा पाएको २५ लाख रकममध्येबाट शरणार्थीका लागि दुई वटा एम्बुलेन्स सहयोग गर्ने बताएका हुन् । विगतमा आफूले शरणार्थी जीवन बिताउँदा उपचारकै अभावमा हजुरआमा गुमाएको स्मरण गर्दै गजमेरले एम्बुलेन्स सहयोग गर्ने बताएका हुन्।

‘आफूले जितेको २५ लाखमध्ये एक हजार रूपैयाँ आमालाई दिन्छु। अरू पैसाले दुई वटा एम्बुलेन्स सहयोग गर्छु र बाकि रहेको पैसाले कोरोना विरूद्धको खोप लगाउनबाट वञ्चित भएकालाई सहयोग गर्छु,’ उनले विजेता भएपछि भने।

एक हप्तासम्म दर्शकले गरेको भोटका आधारमा ‘द भ्वाइस अफ नेपाल सिजन–३’को उपाधिको छिनोफानो भएको हो । उनले आर्यन तामाङ, ज्वाला राई र तारा श्रीष मगरलाई पछि पार्दै भ्वाइस अफ नेपाल सिजिन ३ को उपाधि जितेका हुन्। हाल अमेरिका बस्दै आएका किरण झापाको खुदुनाबारीमा रहेको भुटानी शरणार्थी शिविरमा जन्मिएका हुन्। सेतोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

५.२८ अंकले बढ्यो नेप्से

काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य अंकको सुधार देखिएको छ । नेप्से ५ दशमलव २८ अंकले बढेर दुई हजार ६३३ दशमलब ६६ विन्दुमा पुगेर कारोबार बन्द…

thumbnail

राष्ट्र बैंकले १ अर्ब १० करोड बढी कोषको रकम ब्याजमा लगानी गर्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको १ अर्ब १० करोड बढी लगानी योग्य रकम ब्याजमा लगानी गर्ने भएको छ । बैंकले मंसिर २९, २०७८ देखि आगामी वर्ष मंसिर २९,…

thumbnail

एमाले महाधिवेशनः २ दिन लम्बिँदा डेढ करोड घाटा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(एमाले)को १० औँ राष्ट्रिय सम्मेलन निर्धारित समयभन्दा २ दिनबढी लम्बिँदा डेढ करोड बढी खर्च भएको एमालेले जनाएको छ । चितवनमा आयोजित एमालेको महाधिवेशन नियमित तालिकाभन्दा २ दिन बढी…