दुर्गेश थापालाई बहिष्कार गर्ने प्रतिष्ठानको निर्णय

काठमाडौं । गायक एवं मोडल दुर्गेश थापालाई राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले संस्थागत बहिस्कार गर्ने निर्णय गरेको छ । संस्थाको आईतबार बसेको केन्द्रीय कमिटीको बैठकले सो निर्णय गरेको हो । प्रतिष्ठानले निर्णय भने सार्वजनिक गरिसकेको छैन ।

प्रतिष्ठानका उप-महासचिव एवं विकृति विसंगती न्यूनिकरण विभाग समितिका संयोजक शिव हमालका अनुसार वैठकले दुर्गेशलाई संस्थागत बहिस्कार गर्ने लगायतका केही निर्णय गरेको हो । दुर्गेशले १० दिनअघि आफ्नै शब्द, संगीत र स्वरमा ‘बीच्च बीच्चमा ४– ख्यास्स पुतली’ बोलको गीत सार्वजनिक गरेका थिए ।

गीत ल्याउनुअघि नै दोहोरीगीत प्रतिष्ठानले ‘ख्यास्स पुतली’ शब्दमा आपत्ति जनाएको थियो । प्रतिष्ठानले सो गीत तीजको मर्म विपरित रहेको र गीतले कला संस्कृतिमाथि प्रहार गर्ने ठहर गर्दै आपत्तिजनक शब्दहरु फेरबदल गरी प्रस्तुत हुन आग्रह गर्दै दुर्गेशलाई पत्र नै काटेको थियो ।

उक्त गीतले तीजको मर्ममाथी प्रहार गरेको प्रतिष्ठानले ठहर छ । गीतलाई लिएर सामाजिक सञ्जालदेखि महिला एवं महिलासँग सम्बन्धित संस्थाहरुले आपत्ति जनाएको हो । दुर्गेशको गीतले आफूहरुको अपमान भएको भन्दै महिला समूहहरुले पनि आपत्ति जनाएका छन् । नागरिक खबरबाट

सम्बन्धित समाचार

thumbnail

होटल यतिको लोक सांस्कृतिक साँझमा विभिन्न व्यक्तिहरु सम्मानित (फोटोफिचर)

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारको क्याम्पसचोकमा सञ्चालित होटल यतिको आयोजनामा यति लोक सांस्कृतिक साँझ–२०७८ मनाइएको छ । होटलका संस्थापक स्वर्गीय राम गौचनको स्मृति र शुभदिपावलीको अवसरमा मङ्गलबार यति लोक सांस्कृतिक साँझको आयोजना…

thumbnail

होटल यतिले तिहार विशेष कार्यक्रम आयोजना गर्ने

लोक संस्कृतिको संरक्षणसँगै पर्यटन प्रवद्र्धन गर्ने सञ्चालक गौचनको भनाइ म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारको क्याम्पसचोक नजिकै सञ्चालनमा रहेको होटल यतिले तिहार विशेष लोक सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । नजिकिँदै गरेको नेपालीहरुको…

thumbnail

गायक गगनको स्वरमा रहेको ‘कान्छिरे’ गीतको म्युजिक भिडिओमा लिया पुनको डेब्यु (भिडिओ)

म्याग्दी। म्याग्देली गायक गगन पुनको स्वर र कलाकार लिया पुनको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक गगन पुन र गायिका एलिना चौहानको स्वरमा रहेको ‘कान्छिरे’ गीतलाई म्युजिक भिडियो सहित…