‘नेपाल आइडल’ का निर्णायक परिवर्तन

काठमाडौं । चर्चित टेलिभिजन रियालिटी शो नेपाल आइडल’का निर्णायक परिवर्तन भएका छन् । फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलले चौथो सीजनका लागि निर्णायकहरु परिवर्तन गरेको हो ।

नयाँ निर्णायकमा गायक एवं वरिष्ठ संगीतकार शम्भूजित बाँस्कोटा, सुगम पोखरेल र शिवानी मोक्तान रहेका छन् । निर्णायकमा चुनिएपछि गायक एवंम वरिष्ठ संगीतकार शम्भूजित बास्कोटाले नेपाल आइडलमा आउँछु भन्ने आशा गरेको र पूरा भएको बताए ।

उनले नेपाल आइडल परिवारको सदस्य हुन पाएकोमा खुशी प्रकट गरे । गायक पोखरेल र गायिका मोक्तानले पनि नेपाल आइडलसँग सहकार्य गर्न पाउँदा आफू खुशी भएको बताएका छन् ।

गायिका मोक्तानले भनिन्, ‘नेपाल आइडलमा आउँछु भन्ने थियो, जुर्दो रहेछ, हिजो पनि नेपाल आइडल राम्रोसँग सञ्चालन भएको थियो, हिजोका जजहरुले राम्रो काम गर्नुभएको छ, व्यवस्थापनले पनि राम्रो किसिमको माहोल क्रिएट गरिदिएको छ, नेपाल आइडल परिवारको सदस्य भएर काम गर्न पाएँदा खुशी छु ।’

ढिलै भएपनि नेपाल आइडलमा जोडिन पाउँदा धेरै खुशी लागेको कलाकारहरुले बताएका छन् । नेपाल आइडल सीजन-४ मा तीनजना निर्णायकसहित टिकटक स्टार तथा मोडेल रेस्मा घिमिरे पनि जोडिएकी छन् ।

सीजन-३ सम्मका निर्णायक न्ह्‍यू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी अर्कै रियालिटी शोमा आवद्ध भएपछि व्यवस्थापन समितिले नेपाल आइडल सीजन-४ का लागि नयाँ निर्णायक टीम चयन गरेको हो । अनलाइनखबरबाट

सम्बन्धित समाचार

thumbnail

हातले टेकेर मनास्लु चुचुरोमा

गोरखा । रुसी नागरिक रुस्तम नविवले हात टेकेर घस्रिँदै विश्वको आठौं अग्लो हिमाल मनास्लु आरोहण गरेका छन् । ‘किलर माउन्टेन’ का रूपमा परिचित ८ हजार १ सय ६३ मिटर अग्लो चुचुरोमा उनी शनिबार…

thumbnail

वरिष्ठ साहित्यकार आनन्ददेव भट्टको निधन

काठमाडौँ । वरिष्ठ साहित्यकार आनन्ददेव भट्टको निधन भएको छ । लामो समयदेखि निमोनियालगायत समस्याबाट ग्रसित भट्टको काठमाडौंको कालिकास्थानस्थित निवासमा ८५ वर्षको उमेरमा सोमबार बिहान निधन भएको हो । त्रिभुवन विश्वविद्यालयमा लामो समय…

thumbnail

म्याग्दीका दृष्टिविहिन खोमराज शर्मा वल्ड आइडलको मनोनयनमा

म्याग्दी । म्याग्दीका दृष्टिविहिन खोमराज शर्मा वल्ड आइडलको मनोनयनमा पर्नुभएको छ । बेनी नगरपालिका–५ डडुवा घर भई हाल पोखरामा बस्दै आउनुभएका शर्मालाई नेपाल नेत्रहीन संघले वल्ड आइडलको मनोनयनमा छनौट गरेको हो ।…