एसईई नतिजा प्रकाशित,यसरी हेर्न सकिन्छ

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ । विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनलाई आधार बनाएर नतिजा प्रकाशित भएको बोर्डले नतिजा प्रकाशित गरेको हो । एसईईको नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिने छ । विभिन्न पाँचवाट फार्म/संस्थाबाट एसएमएसका माध्यमबाट र सातवटा फर्म तथा संस्थाबाट अनलाइनमा नतिजा हेर्न सकिने बोर्डले जानकारी दिएको छ ।

www.see.gov.np, www.neb.gov.np, www.theconnectplus.com, www.see.edusanjal.com, www.see.ntc.net.np, www.ekantipur.com, www.ncell.axiata.com बाट एसईईको नतिजा थाहा पाउन सक्ने व्यवस्था बोर्डले गरेको छ ।

त्यस्तै इजी सर्भिस प्रा.लि.को ३४९४९, आकाश टेक प्रा.लि.को ३१००३, जानकी टेक्टोलोजीको ३५००१, नेपाल टेलिकमको १६०० (एसएमएस र आईभीआर) र एनसेल प्रा.लि.को १६०० मा एसएमएस गरेर पनि नतिजा हेर्न सकिने बोर्डले जानकारी दिएको छ । शनिबार नै बसेको बोर्डको बैठकले कक्षा १२ को साउन ३१ गतेदेखि हुने परीक्षा पनि स्थगित गर्ने निर्णय गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार