अवैधरुपमा नेपाल प्रवेश गरेका १४ जना रोहिंग्या शरणार्थी पक्राउ

काठमाडौं । प्रहरीले राजधानीको बौद्धबाट १४ जना रोहिंग्या शरणार्थीलाई पक्राउ गरेको छ । अवैध रुपमा नेपाल प्रवेश गरेका उनीहरुलाई महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले पक्राउ गरेको एक उच्च प्रहरी अधिकारीले जानकारी दिनुभयो ।

‘बंगलादेशबाट स्थलमार्ग हुँदै उनीहरु झापाको काँकडभिट्टा सीमा नाकाबाट नेपाल प्रवेश गरेको देखिन्छ’, ती अधिकारीले भन्नुभयो, ‘दलालको माध्यमबाट दुई दिनअघि बौद्ध आइपुगेका उनीहरुलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।’बंगलादेशमा रोहिंग्यामाथि दमनको क्रम बढ्न थालेपछि केही वर्षयता त्यहाँका हजारौं रोहिंग्याहरु विस्थापित बनेका छन् । प्रहरीको कडाइका बीच पनि उनीहरुमध्ये केही संख्यामा यसअघि नै शरणार्थीको रुपमा काठमाडौं प्रवेश गरेका थिए ।

त्यही क्रममा शरणार्थीको रुपमा नेपालमा बस्ने योजनाका साथ दुई दिनअघि पनि मानव तस्करको सेटिङमा उनीहरु नेपाल आएको हुनसक्ने प्रहरीको आशंका छ । उनीहरुलाई पक्राउ गरेर अध्यागमन कार्यालयमा बुझाइएको छ ।प्रहरीले उनीहरुलाई काठमाडौंसम्म ल्याउने कार्यमा संलग्न बंगलादेशी नागरिकलाई समेत पक्राउ गरेर अनुसन्धान थालेको बताइएको छ । हाल करिब २०० जनाको हाराहारीमा रोहिंग्या शरणार्थी राजधानीको कपनमा बस्दै आएका छन् । रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

साफ च्याम्पियनसिप : नेपाल पहिलो पटक फाइनलमा

काठमाडौं । नेपाल पहिलो पटक साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । माल्दिभ्समा बुधबार भएको आफ्नो समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग १-१ को बराबरी खेलेपछि नेपालले इतिहास रचेको हो । सन्…

thumbnail

‘भारतको आर्थिक वृद्धि यो वर्ष दोहोरो अङ्कमा हुनेछ’

एजेन्सी । भारतका केन्द्रीय अर्थमन्त्री निर्मला सीतारमणले यो वर्ष भारतको आर्थिक वृद्धिदर १० प्रतिशत नजिक हुने दाबी गरेकी छन् । उनले भारत विश्वकै सबैभन्दा तीव्र गतिमा बढ्ने अर्थव्यवस्थामध्ये एक हुने बताएकी हुन्…

thumbnail

अस्ट्रेलियामा तामाङलाई म्यान फिजिक्स २०२१ को उपाधि

काठमाडौँ । विजयसिंह तामाङले साउथ अस्ट्रेलियाको म्यान फिजिक्स २०२१ को उपाधि जित्न सफल भएका छन् । उक्त उपाधि जितेसँगै उनी अस्ट्रेलियाको एडिलेड स्टेटको च्याम्पियन बनेका छन् । यसभन्दा पहिले उनले वि.सं.२०७३ सालमा…