इमरान खानको चेतावनी :अफगानिस्तान फेरि गृहयुद्धमा फस्न सक्छ

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले समावेशी सरकार गठन नभए अफगानिस्तानमा पुनस् गृहयुद्ध चर्किने चेतावनी दिनुभएको छ । प्रधानमन्त्री खानले बीबीसीसँगको एक अन्तर्वार्तामा उहाँले भन्नुभएको छ, ‘यदि उनीहरूले सबै समूहलाई सामेल गरेनन् भने कुनै पनि बेला गृहयुद्ध सुरु हुनेछ’, उहाँले भन्नुभयो ।

खानले गृहयुद्ध सुरु भएमा अफगानिस्तान अस्थिर र अस्तव्यस्त हुने भन्दै चिन्ता व्यक्त समेत गर्नुभएको छ । ‘यस (गृहयुद्ध) को अर्थ अफगानिस्तान अस्थिर, अस्तव्यस्त हुने र आतंकवादीका लागि उपयुक्त स्थान बन्ने हो’, खानले थप्नुभयो, ‘जुन चिन्ताको विषय हो ।’तालिबान नेतृत्वले केही शर्तहरु पूरा गरेपछि मात्रै आफूहरुले उनीहरुको सत्तालाई मान्यता दिने समेत खानले बताउनुभएको छ । समावेशी सरकार गठन, मानव अधिकार तथा महिला अधिकारको सम्मान गरे मात्रै नयाँ सत्तालाई पाकिस्तानले मान्यता दिने खानको भनाइ थियो ।

खानले पाकिस्तानको सुरक्षामाथि खतरा निम्त्याउन सक्ने आतंकवादीका लागि अफगानिस्तान आश्रयस्थल बन्न नहुने तर्फ पनि तालिबान सजग हुनु पर्ने बताउनुभएको छ । त्यस्तै, खानले अफगानी महिला एवं बालिकालाई शिक्षा हासिल गर्नबाट रोक्ने कार्य गैर(इस्लामिक भएको बताउनुभयो। तालिबानले हालै बालिकारकिशोरीलाई विद्यालय जानबाट रोकेपछि उनले यस्तो टिप्पणी गर्नुभएको हो ।

खानले बालिकाहरु चाँडै नै विद्यालय जान सक्ने अवस्था सिर्जना हुनेमा आफू आशावादी रहेको पनि बताउनुभयो । ‘सत्तामा आएपछि उनीहरु (तालिबान) ले दिएका अभिव्यक्ति निकै उत्साहजनक छन्’, खानले भन्नुभयो, ‘उनीहरुले महिलालाई विद्यालय जान दिनेछन् भन्ने मेरो धारणा छ । महिलाले शिक्षा हासिल गर्नु हुन्न भन्ने कुरा इस्लामविपरीत छ । धर्मसँग यसको कुनै सम्बन्ध छैन ।’

संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युयोर्क पुगेका पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरेशीले समेत समावेशी सरकार गठन, मानव अधिकार र महिला अधिकारप्रति नयाँ तालिबान सत्ता संवेदनशील हुनुपर्ने बताउनुभएको छ । यी विषयहरु सम्बोधन भएपछि मात्रै अफगानिस्तानको नयाँ सत्तालाई अन्तर्राष्ट्रिय समुदायले मान्यता दिने कुरेशीको भनाइ थियो । अनलाइनखबरबाट

सम्बन्धित समाचार

thumbnail

साफ च्याम्पियनसिप : नेपाल पहिलो पटक फाइनलमा

काठमाडौं । नेपाल पहिलो पटक साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । माल्दिभ्समा बुधबार भएको आफ्नो समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग १-१ को बराबरी खेलेपछि नेपालले इतिहास रचेको हो । सन्…

thumbnail

‘भारतको आर्थिक वृद्धि यो वर्ष दोहोरो अङ्कमा हुनेछ’

एजेन्सी । भारतका केन्द्रीय अर्थमन्त्री निर्मला सीतारमणले यो वर्ष भारतको आर्थिक वृद्धिदर १० प्रतिशत नजिक हुने दाबी गरेकी छन् । उनले भारत विश्वकै सबैभन्दा तीव्र गतिमा बढ्ने अर्थव्यवस्थामध्ये एक हुने बताएकी हुन्…

thumbnail

अस्ट्रेलियामा तामाङलाई म्यान फिजिक्स २०२१ को उपाधि

काठमाडौँ । विजयसिंह तामाङले साउथ अस्ट्रेलियाको म्यान फिजिक्स २०२१ को उपाधि जित्न सफल भएका छन् । उक्त उपाधि जितेसँगै उनी अस्ट्रेलियाको एडिलेड स्टेटको च्याम्पियन बनेका छन् । यसभन्दा पहिले उनले वि.सं.२०७३ सालमा…