एमाले सांसद पाण्डे र भट्टले एकीकृत समाजवादी रोज्न पाउने

काठमाडौं । नेकपा एमालेका प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टलाई नेकपा एकीकृत समाजवादी रोज्न पाउने भएका छन् ।

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको इजलासले पाण्डे र भट्टलाई एकीकृत समाजवादीमा आवद्ध हुने पाउने अधिकारमा असर पर्ने गरी कुनै काम कारबाही नगर्न नगराउन अन्तरिम आदेश दिएको हो । माधवकुमार नेपाल नेतृत्वमा बनेको एकीकृत समाजवादी दर्ताका लागि एमाले केन्द्रीय सदस्यहरुले सनाखत गर्नुपूर्व नै दुवैले निर्वाचन आयोगमा निवेदन दिएका थिए । तर २ भदौमा दल दर्ताका लागि निवेदन दिँदा दुवैको नाम नभएका कारण आयोगले सनाखत गरेन ।

एकीकृत समाजवादी रोज्न पाउनुपर्ने दुवैले हालेको रिटमा न्यायाधीशद्वय खतिवडा र सुवेदीको इजलासले सनाखतपूर्व नै दल रोजेको देखिएकाले त्यसलाई मुद्दाको टुंगो नलाग्दासम्म असर गर्ने गरी कुनै कारबाही नगर्न अन्तरिम आदेश दिएको छ ।यससँगै संघीय एकीकृत समाजवादीको सांसद संख्या बढेको छ । प्रतिनिधिसभामा एकीकृत समाजवादीको सांसद संख्या २३ पुगेको छ भने राष्ट्रियसभामा ८ पुगेको छ ।

अनलाइनखबरबाट

सम्बन्धित समाचार

thumbnail

कांग्रेस म्याग्दीको सचिवमा युवा नेता हिराबहादुर पुनको उम्मेद्धारी घोषणा

बेनी । नेपाली कांग्रेस म्याग्दीको सचिव पदका लागि युवा नेता हिराबहादुर पुनले उम्मेद्धारी घोषणा गर्नुभएको छ । २०४७ सालमा नेविसंघबाटै राजनितिक यात्रा सुरु गर्नुभएका पुनले बुधबार सामाजिक सञ्जाल फेसबुक मार्फत कांग्रेसको १४…

thumbnail

सम्पत्तिका लागि आफन्तबाटै महिलाको हत्या, शरीर टुक्राटुक्रा पारेर खोलामा बगाइयो

काठमाडौँ । ५५ वर्षीया एक महिलाको हत्या गरेको आरोपमा प्रहरीले झापाबाट चार जनालाई पक्राउ गरेको छ। झापा गाउँपालिका–१ माइती घर भई भारत किसनगञ्ज जिल्ला बस्ने धोन्नी टुडुको हत्या आरोपमा प्रहरीले चार जनालाई…

thumbnail

बुटवलका मेयरमाथि आक्रमण गर्ने युवालाई सार्वजनिक मुद्दा

रुपन्देही । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीमाथि आक्रमण गर्ने युवालाई सार्वजनिक मुद्दा दायर गरिएको छ । सुवेदीमाथि आक्रमण गर्ने स्थानीय गणेश पंगेनीमाथि सार्वजनिक मुद्दा दायर गरिएको हो । सोमबार बिहान बुटवल–३ ज्योतिनगरको…