काँंग्रेस अन्नपुर्ण गाउँपालिकाको सभापतिमा क्याप्टेन बलबहादुर तिलिजा विजयी

बेनी । म्याग्दीको अन्नपुर्ण गाउँपालिकाको सभापतिमा क्याप्टेन बलबहादुर तिलिजा विजयी हुनुभएको छ । क्याप्टेन तिलिजाले एक मतले विजयी भएको सहायक मतदान अधिकृत केदार कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार क्याप्टेन तिलिजाले ५८ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्दी वडा नम्बर ६ का वडा अध्यक्ष कृष्णप्रसाद बरुवालले ५७ मत प्राप्त गर्नुभएको छ ।

याे पनि..

कांग्रेस अन्नपुर्ण गाउँपालिकाको सभापतिमा मतदान सकियो

दुई मत बदर भएको छ । निवर्तमान कार्यसमितिका उपसभापति समेत रहनुभएका क्याप्टेन तिलिजा वडा नम्बर ५ निवासी हुनुहुन्छ । सभापतिमा विजयी हुनुभएका क्याप्टेन तिलिजाले सबै मतदातालाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले सबैसंगको सहकार्यमा गाउँपालिकामा पार्टी संगठनलाई थप मजबुत बनाउने बताउनुभयो ।

तिलिजा भारतीय गोर्खा सैनिकका सेवा निबृत्त क्याप्टेन हुनुहुन्छ । शिख्तानी समाज पोखराको नेतृत्वमा रहेका तिलिजा बिभिन्न सामाजिक संघ संस्थामा आवद्ध हुनुहुन्छ । तिलिजा जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ निकट हुनुहुन्छ भने बरुवाल निवर्तमान जिल्ला सभापति रेशमबहादुर बानियाँ निकट हुनुहुन्छ ।

अन्य पदमा भने सर्बसम्मत निर्बाचित भएका छन् । उपसभापतिमा राजेश तिलिजा, अर्जुन गुरुङ, सचिबमा टुकबहादुर फगामी, ललिता तिलिजा, सहसचिबमा गोपाल पुर्जा र धनबहादुर पाइजा चयन हुनुभएको छ । सभापतिमा सहमति हुन नसकेपछि मतदान भएको थियो ।

 

सम्बन्धित समाचार

thumbnail

मुस्ताङ जोड्न काभ्रेभीर सधैं अभिशाप

म्याग्दी । बहुचर्चित कालीगण्डकी करिडोर अन्तर्गतको बेनी–जोमसोम सडकखण्डको काभ्रेभीर यस क्षेत्रका लागि सधै जोखिमपूर्ण बनेको छ । साँघुरो सडकको माथि र तल दुवैतर्फ सामान्य पानी पर्दासमेत पहिरो जाने र बाटो हिलो भएर…

thumbnail

शिख माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण (फोटो फिचर)

सेते तिलिजा पुन शिख । म्याग्दीको अन्नपुर्ण गाउँपालिका –५ ,स्थीत शिख माध्यामिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । चाइना फाउन्डेन फर पोभर्टी एलिभिएसन र एनसिएफसी संस्थाले बिहिबार बिद्यालयमा एक…

thumbnail

कांग्रेस अन्नपुर्ण गाउँपालिकाको सभापतिमा मतदान सकियो

बेनी । नेपाली कांग्रेस अन्नपुर्ण गाउँपालिकाको सभापति पदका लागि मतदान सकिएको छ । शनिबार दिउँसो करिब एक बजेदेखि सुरु भएको मतदान साढे तीन बजे सकिएको हो ।  एक सय १७ मत खसेको…