कांग्रेस बेनी नगर सचिवमा २३ बर्षिय जिसी विजयी

बेनी । नेपाली कांग्रेस बेनी नगर सचिवमा २३ बर्षिय झलक जिसी विजयी भएका छन् । सभापतिमा निर्वाचित रबिन्द्र कार्की प्यानलबाट सचिव पदमा उम्मेद्धारी दिनुभएका जिसी विजयी हुनुभएको हो । आइतबार भएको निर्वाचनमा सचिव पदका उम्मेद्धार रणबहादुर शाहीलाई पराजित गरेर जिसी विजयी हुनुभएको हो । विजयी हुनुभएका जिसीले ६७ मत प्राप्त गर्नुभएको छ । अर्को सचिव पदमा ज्ञानेन्द्र कुमार श्रेष्ठ ८१ मत सहित विजयी हुनुभएको छ ।

नेपाल विद्यार्थी संघ म्याग्दीका उपसभापति समेत रहनुभएका जिसी बेनी नगरपालिका वडा नम्बर ६ छापबासी हुनुहुन्छ । विजयी जिसीले सबै मतदातालाई धन्यवाद दिनुभएको छ । उहाँले पार्टी संगठनलाई एकताबद्ध , गतिशिल र सुद्धृढ बनाउन आफुले भुमिका खेल्ने उद्घोष गर्नुभयो ।म्याग्दीमा सम्पन्न कांग्रेस वडा र पालिका अधिवेशनबाट अधिकांश ठाउँमा युवा नेतृत्व चुनिएका छन् ।

सभापतिका उम्मेदवार विक्रम बोगटीलाई पराजित गर्दै कार्की विजयी हुनुभएको छ । कार्कीले ७६ मत प्राप्त गर्नुभएको छ भने बोगटीले ६८ मत ल्याउनुभएको छ । त्यसैगरि उपसभापतिमा हरिप्रसाद पौडेल र गंगाबहादुर खत्री विजयी हुनुभएको छ । पौडेलले ७३ र खत्रीले ७२ मत प्राप्त गर्नुभएको छ ।त्यसेगरि सह–सचिब पदमा स्यानिमाया कार्की ८१ र शान्ति शर्माले ७५ मत प्रााप्त गरेर विजयी हुनुभएको निर्वाचन अधिकृत निरञ्जनराज भण्डारीले जानकारी दिनुभयो ।

 

सम्बन्धित समाचार

thumbnail

राष्ट्रियसभा निर्वाचन : बेनी नगरपालिकाकी उपमेयर बरुवालले गरिन् मतदान

पोखरा। राष्ट्रियसभा सदस्य निर्वाचनमा म्याग्दीको बेनी नगरपालिकाकी उपमेयर सञ्जु बरुवालले मतदान गर्नुभएको छ । आफ्नो पार्टीको उम्मेदवार नरहेको प्रदेशमा मतदान नगर्ने पार्टी ह्वीप विपरीत उपमेयर बरुवालले मतदान गर्नुभएको हो। राप्रपाले चुनावको अघिल्लो…

thumbnail

बगुवाखोलामा म्याग्दी नदी दोहन : मापदण्ड मिचेर उत्खनन् भएको जिल्ला अनुगमन समितिको ठहर

म्याग्दी ,१२ माघ । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ५ बगुवाखोला स्थित म्याग्दी नदीमा मापदण्ड विपरित नदीजन्य पदार्थ उत्खनन भएको समाचार प्रकाशित भएपछि जिल्ला अनुगमन समितिले चासो दिएको छ । सरकारको नदीजन्य…

thumbnail

म्याग्दीमा आइतबारदेखि विद्यालयका किशोरीलाई आइरन चक्की खुवाइने

म्याग्दी । विद्यालय उमेर समूहका किशोरीहरुलाई आइरन फोलिक एसिड चक्की वितरणसम्बन्धी पालिकास्तरीय कार्यक्रमको समीक्षा सम्पन्न भएको छ । आज (शुक्रबार) म्याग्दीको बेनी नगरपालिका स्वास्थ्य शाखाको आयोजना र मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको…