देशभर थपिए १७६० कोरोना संक्रमित , ७ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा १ थप ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ८ सय ४४ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । जसमध्ये काठमाडौं उपत्यकामा ४९५ संक्रमित छन् । काठमाडौंमा ३६०, ललितपुरमा ७२ र भक्तपुरमा ६३ जना संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ ।

यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । यो संगै कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या १० हजार ९ सय ९१ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार २ सय २० जना निको भएका छन् । योसंगै हालसम्म ७ लाख ४३ हजार ५ सय २६ संक्रमित निको भएका छन् ।

सम्बन्धित समाचार

thumbnail

थप १४७८ जनामा कोरोना संक्रमण, ६ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा १ हजार ४ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ९ सय ३० जनाको नमूना परीक्षण गर्दा…

thumbnail

काठमाडौं उपत्यकामा ४० प्रतिशतले लगाए कोरोना विरुद्धको दुवै डोज खोप

काठमाडौँ । काठमाडौं उपत्यकामा ४० प्रतिशतले कोरोना विरुद्धको दुवै डोज खोप लगाएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको रोकथाम र नियन्त्रलाई प्रमुख प्राथमिकताका बनाएर कोरोना बिरुद्धको खोप अभियान प्रभावकारी रुपमा सुरु गरेपछि ४०…

thumbnail

थप १३३० जनामा कोरोना संक्रमण, ५ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा १ हजार ३ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ६ सय २२ जनाको नमूना परीक्षण गर्दा…