नेपाली काँग्रेस धवलागिरी गाउँपालिकाको सभापतिमा पुन

बेनी । नेपाली काँग्रेस धवलागिरी गाउँपालिकाको सभापतिमा प्रेम पुन सर्वसम्मत चयन हुनुभएको छ । गाउँपालिकाको वडा नम्बर ३ स्थित घट्टेखोलामा शनिबार भएको गाउँपालिका अधिवेशनबाट पुनको अध्यक्षतामा ५४ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन भएको हो । कार्यसमितिको उपसभापतिमा हरि छन्त्याल र प्रेम बिक, सचिबमा नगेन्द्र मल्ल र देबेन्द्र रोका, कोषाध्यक्षमा बुद्धीमान शेरपुञ्जा, सहसचिबमा कमल खत्री र रोशन थापा निर्बाचित हुनुभएको छ ।

सभापतिमा निर्बाचित पुन धवलागिरी गाउँपालिकाको वडा नम्बर ७ हिलापोखरीका हुनुहुन्छ । युवा नेता पुन यसअघि काँग्रेसको पालिका स्तरीय तदर्थ समितिको पनि अध्यक्षको जिम्मेवारी सम्हाल्नु भएको छ । पुनसँग युवा कल्ब र सामाजिक संघ संस्थाको नेतृत्व गरेको अनुभव छ ।

‘सर्बसम्मत कार्यसमिति निर्बाचित गराउने जिल्ला देखि वडा तहका नेता र क्षेत्रीय प्रतिनिधीहरुलाई धन्यवाद दिन्छु,’ सभापति पुनले भन्नुभयो ‘धवलागिरीमा काँग्रेसलाई बैचारिक र सांगठनिक हिसाबले सुदृढ बनाउदै सर्वसाधारणको समस्या पहिचान र सम्बोधन गराउन प्राथमिकता दिन्छु ।’

कार्यसमितिको सदस्यहरुमा बलबहादुर छन्त्याल, थमबहादुर पर्टेल, दिलबहादुर पुन, भिमदेवी बुढा, रेवती भण्डारी, चुनदेबी बिक, हिममाया पुन, मनकुमारी जुग्जाली, सपना गर्बुजा, गौरी सुनार, रामदेवी पुन, पार्वति पुर्जा, नरकुमारी बुढाथोकी, सुमन छन्त्याल, चित्र चोचाङ्गी, शेरबहादुर पुन, बिष्णुकुमारी थापा, कुलबहादुर भण्डारी, टेकसिंङ थापा, रसु रसाइली, नच्चरी बिक, रामु हर्मेल, कबहादुर बिक, ऋषिराम सुबेदी, अर्जुन घर्ति, टेकबहादुर गुरुङ्ग लगायत रहुनभएको छ ।

सम्बन्धित समाचार

thumbnail

लुलाङमा बाढीले लघुजलविद्युत परियोजनाको विद्युत गृह बगायो

बेनी । गयराती परेको अविरल बर्षा संगै आएको बाढीले म्याग्दीको धवलागिरी गाउँपालिका–२, लुलाङ स्थित लघुजल विद्युत परियोजनाको विद्युत गृह बगाएको छ । गयराती परेको अविरल बर्षा संगै दरखोलामा आएको बाढीले ४५ किलोवाट…

thumbnail

म्याग्दीमा कांग्रेसको वडा अधिवेशन : ४१ वटामा सर्बसम्मत ,२ वटामा निर्वाचन र २ वटामा स्थगित

बेनी । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गतको वडा अधिवेशन म्याग्दीमा २ वटा बाहेकका ४३ वटा वडामा शुक्रबार सम्पन्न भएको छ । केही नविकरण र  नयाँ क्रियाशिल सदस्यताको नामावली नआएका कारण अन्नपुर्ण…

thumbnail

जन्मदिनमा गाउँपालिका अध्यक्ष पुनद्धारा शान्ति कोषलाई आर्थिक सहयोग

बेनी । जन्मदिनको अवसरमा म्याग्दीको धवलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुन मगरले परोपकारी संस्था ओेमकुमारी कोषलाई आर्थिक सहयोग गर्नुभएको छ । अध्यक्ष पुनले मंगलबार परेको आफ्नो जन्मदिनको अवसरमा ओमकुमारी शान्ति कोष गरिव विरामी…