नेप्सेमा ११४ अंकको गिरावट

काठमाडौँ । सेयर बजार परिसूचक २६ सय अंकको बिन्दुतर्फ ओरालो लागेको छ । आज एकैदिन ११४ अंकको गिरावटसँगै २६९८ अंकमा आएर थामिएपछि सेयर बजार २६ सय अंकतर्फ लागेको हो । यसक्रममा आज १ करोड ७३ लाख कित्ता सेयर किनबेच भई ८ अर्ब ४९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै, आज कारोबार भएका सबै १३ वटै समूहमा उच्च अंकको गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा जीवन बीमा समूहमा सबैभन्दा बढी ८०० अंकको गिरावट आएको छ । यसपछि, निर्जीवन बीमा समूहमा ६१४ अंक र विकास बैंक समूहमा ३३२ अंकको गिरावट आएको छ । यस्तै, जलविद्युतमा २२०, होटल एण्ड टुरिजममा १५८ अंक र वित्त समूहमा २२९ अंकको गिरावट आएको छ ।

समग्र बजार एकसय अंकभन्दा बढीले घटे पनि आज मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयरधनीहरूले सबैभन्दा बढी कमाएका छन् । आज मनकामनाका सेयरधनीले प्रतिकित्ता ८९ रुपैयाँ कमाएका हुन् । यसबाहेक, आज सातवटा कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ । यस्तै, अन्य २५ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ । रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

भगवती कोतमा तीन लाख रुपैयाँमा ‘सरकारी राँगो’मार हान्ने खड्कालाई सम्मान

म्याग्दी। म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीस्थित भगवती कोतमन्दिरमा नवमीको दिनमा सरकारी रागोको मार हान्ने आर्यन खड्कालाई पुजा समिति र राखुबासीलेज्ञ भब्य सम्मान गरेका छन् । तीन लाख रुपैयाँ बोलकवोलमा सरकारी राँगो भगवती बयरी…

thumbnail

‘भारतको आर्थिक वृद्धि यो वर्ष दोहोरो अङ्कमा हुनेछ’

एजेन्सी । भारतका केन्द्रीय अर्थमन्त्री निर्मला सीतारमणले यो वर्ष भारतको आर्थिक वृद्धिदर १० प्रतिशत नजिक हुने दाबी गरेकी छन् । उनले भारत विश्वकै सबैभन्दा तीव्र गतिमा बढ्ने अर्थव्यवस्थामध्ये एक हुने बताएकी हुन्…

thumbnail

सरकारले बलिको पैसा दिँदैन, दरबारले पठाउन छाड्यो टीका र जमरा

कास्की । नेपालको शाहवंशीय राज्यसत्ता कास्कीबाट सुरु भएको हो । कास्कीकोट दरबारमा कुलमण्डन खाँले राज्य गरेपछि शाह वंशको सुरुआत भयो । पछि लमजुङबाट गोरखा हुँदै काठमाडौं बसाईं सरे । विस्तारै पुराना दरबारहरू…