बिश्वकै लामो दावी गरिएको पुलको नामाकरण ‘गण्डकी गोल्डेन ब्रिज’

बागलुङ । विश्वकै लामो दावी गरिदै आएको बागलुङ र पर्वत जोड्ने ५६७ मिटर लामो झोलुङ्गे पुलको नामाकरण गरिएको छ । मंगलबार बसेको कार्यपालिका बैठकले पुलको नाम ‘गण्डकी गोल्डेन ब्रिज’ राख्ने निर्णय गरेको हो ।पुलको संरक्षणकर्ताको रुपमा रहेको बागलुङ नगरपालिकाले पुलका माध्यमबाट पर्यटन बढाउनका लागि पुलको नामाकरण गरेको हो ।

पुलको उद्घाटन पछि छ महिना अघि पुलको नामाकरणका लागि आवेदन माग गरेको थियो । पुलको उत्कृष्ट नाम छनोटमा पर्नेलाई २५ हजार रुपैयाँ राशीको पुरस्कार समेत घोषण गरेको बागलुङ नगरपालिकाले पुलको नाम ‘गण्डकी गोल्डेन ब्रिज’ नेपालीमा ‘गण्डकी सुनौलो झुला’ नामाकरण गरेको बागलुङ नगरपालिका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।

पुलका लागि धेरैले नाम सिफारिस गरे पनि नगरपालिकाको कार्यपालिकामा उत्कृष्ट १० नाम सिफारिस गरेकोमा ‘गण्डकी गोल्डेन ब्रिज’ नाम स्विकृत भएको छ । उक्त पुलको नामाकरण सिफारिस गर्ने व्यक्तिको नाम भने नगरपालिकाले आधिकारिक रुपमा सार्वजनिक गरेको छैन । यद्यपि, उक्त नाम बानपा- ५, मालिकाका निजामती सेवामा सक्रिय घनाश्याम सापकोटाले पेश गर्नुभएको थियो ।

बागलुङ नगरपालिका–१ रामरेखा देखि पर्वत जिल्लाको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्ने कालिगण्डकी नदी माथी हालै निर्माण गरिएको ५६७ मिटर लामो पुल नगरपालिकाले विश्वकै लामो दाबी गर्दै गिनिज बुकमा दर्ता गराउन समेत निवेदन दिइसकेको छ ।

सम्बन्धित समाचार

thumbnail

भगवती कोतमा तीन लाख रुपैयाँमा ‘सरकारी राँगो’मार हान्ने खड्कालाई सम्मान

म्याग्दी। म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीस्थित भगवती कोतमन्दिरमा नवमीको दिनमा सरकारी रागोको मार हान्ने आर्यन खड्कालाई पुजा समिति र राखुबासीलेज्ञ भब्य सम्मान गरेका छन् । तीन लाख रुपैयाँ बोलकवोलमा सरकारी राँगो भगवती बयरी…

thumbnail

थप ३६५ जनामा कोरोना संक्रमण, ४ को मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५ सय ९४ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा…

thumbnail

साफ च्याम्पियनसिप : नेपाल पहिलो पटक फाइनलमा

काठमाडौं । नेपाल पहिलो पटक साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । माल्दिभ्समा बुधबार भएको आफ्नो समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग १-१ को बराबरी खेलेपछि नेपालले इतिहास रचेको हो । सन्…