बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार

म्याग्दी। बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छबिलाल सुवेदी उत्कृष्ट निजामती सेवा पुरस्कारका लागि छनौट हुनुभएको छ । सरकारले निजामती सेवा दिवसका अवसरमा १० जनालाई उत्कृष्ट निजामती कर्मचारी पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार प्रदान गर्न लागिएको हो ।

सुवेदी देशभरबाट १० जनाले प्राप्त गर्ने उत्कृष्ट निजामती कर्मचारी पुरस्कारको लागि छनौट हुनुभएको हो । उत्कृष्ट निजामती कर्मचारी पुरस्कारको राशि जनहि एक लाख र निजामती कर्मचारी सेवा पुरस्कारको एक लाख रहेको छ ।मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सुवेदी सहित ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । उक्त पुरस्कार विशेष समारोह आयोजना गरि प्रदान गरिनेछ ।

दुई लाख पुरस्कार राशि रहेको सर्वोत्कृष्ट निजामती कर्मचारी पुरस्कारका लागि भने यो वर्ष पनि कोही छनोट भएका छैनन् । ०७३ साल यता यो पुरस्कारका लागि कोही छनोट भएका छैनन् । कार्यसम्पादन लगायतका विभिन्न सुचकहरुका आधारमा हरेक बर्ष सरकारले निजामती सेवा दिवसका अवसरमा सर्वोकृष्ट, उत्कृष्ट निजामती कर्मचारी पुरस्कार र निजामती कर्मचारी सेवा पुरस्कार प्रदान गर्दै आएको छ ।

 

सम्बन्धित समाचार

thumbnail

नेपाली काँग्रेस बेनी नगर सभापतिमा युवा नेता बोगटीको उम्मेद्धारी घोषणा (तस्बिर /भिडिओ सहित)

बेनी । नेपाली कांग्रेस बेनी नगरपालिकाको नगर सभापतिमा युवा नेता बिक्रम बोगटीले उम्मेद्धारी घोषणा गर्नुभएको छ । बोगटीले शनिबार एक कार्यक्रमका विच ९ असोजमा हुने नगर अधिवेशनमा नगर सभापति पदका लागि उम्मेद्धारी…

thumbnail

म्याग्दी नदी कटानले सरस्वती मावि र बस्ती उच्च जोखिममा (तस्बिर सहित )

म्याग्दी । म्याग्दी नदीमा आएको बाढीको कटानले बेनी नगरपालिका–४ स्थित बस्ती र विद्यालय उच्च जोखिममा परेका छन् भने खेतीयोग्य जमिन नष्ट भएको छ । बाढीले बेनी–४ को मसार, तातोपानीको उपल्लो बजार र…

thumbnail

शैक्षिक सामग्री बितरण गरेर जन्मदिन मनाए पुर्व शिक्षक सुवेदीले

भकुण्डे। म्याग्दीका एक जना पुर्ब शिक्षकले आफूले अध्यापन गराएको बिद्यालयका सबै बिद्यार्थीलाई शैक्षिक सामग्री बितरण गरेर मंगलबार जन्मदिन मनाउनु भएको छ । ३१ बर्षे शिक्षण पेशाबाट नौ महिनाअघि सेवानिवृत्त हुनुभएका पुर्ब शिक्षक…