भारत र चीनसँगको सम्बन्ध सन्तुलित बनाउँछु : परराष्ट्रमन्त्री खड्का

काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री डा.नारायण खड्काले आफ्नो कार्यकालमा भारत र चीनसँगको सम्बन्ध अत्यन्तै सन्तुलित हुने बताउनुभएको छ । बुधबार अपरान्ह सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेर पदभार ग्रहण गरेका परराष्ट्रमन्त्री खड्काले सञ्चारकर्मीहरुमाझ छिमेकी दुई मुलुक भारत र चीनबीचको सम्बन्ध अत्यन्तै सुमधुर, अत्यन्तै घनिष्ठ, मैंत्रीपूर्ण र अत्यन्तै सन्तुलित हुने बताउनुभएको हो ।

उहाँले परराष्ट्र नीति कुनै दल विशेषको नहुने उल्लेख गर्दै राष्ट्रिय सहमतीका साथ अघि बढने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो। मन्त्री खड्काले राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र सम्बन्धलाई अघि बढाउने काममा आफू केन्द्रित भएर लाग्ने पनि बताउनुभयो । उहाँले एमसीसीलगायतका जल्दाबल्दा समस्या समाधानका लागि राष्ट्रिय सहमती कायम गर्दै त्यसका तथ्यगत र मिथ्यागत कुरालाई ध्यानमा दिएर राष्ट्रिय हित अनुकूलका कामलाई मात्रै अघि बढाउने पनि स्पष्ट पार्नुभयो।

नवनियुक्त परराष्ट्रमन्त्री खड्काले भन्नुभयो, ‘भारत र चीनसँगको सम्बन्ध अत्यन्तै सुमधुर, अत्यन्तै घनिष्ठ, मैंत्रीपूर्ण र अत्यन्तै सन्तुलित हुनेछ। हाम्रो अन्तराष्ट्रिय सम्बन्धलाई सन्तुलन कायम गर्दै हाम्रो राष्ट्रिय हितलाई अगाडि बढाउनका लागि राष्ट्रिय सहमतीलाई समेत ध्यानमा राखेर सबै दलका नेताहरुसँग परामर्श गरेर, सबैसँग सहमती गरेर हाम्रो अहिलेको जल्दाबल्दा समस्याहरु, साथसाथै भावी दिनमा आउन सक्ने समस्याहरुका लागि पनि मेरो सम्पूर्ण ध्यान केन्द्रित हुनेछ।

त्यसैगरी परराष्ट्र मन्त्रालयलाई एउटा गतिशील, आधुनिक प्रविधियुक्त मन्त्रालयको रुपमा अगाडि बढाउनका लागि पनि मेरो प्राथमिकता हो। एससीसीबारे अध्ययन गरेर यसले पार्न सक्ने प्रभावहरुबारे र यसको बारेमा सृजना भएका केही तथ्यगत, केही मिथ्यागत कुराहरुलाई पनि ध्यान दिएर नेपालको राष्ट्रिय हितलाई कसरी प्रवद्र्धन गर्दा नेपालको सार्वभौमिकता, हाम्रो राष्ट्रिय अखण्डता, हाम्रो सुरक्षा र हाम्रो आर्थिक हितलाई प्रवद्र्धन गर्नका लागि हामीले सबै राष्ट्रहरुसँग खास गरेर छिमेकी राष्ट्रहरुसँग घनिष्ट र सन्तुलित सम्बन्ध कायम गर्दै अगाडि बढ्ने हो।’

नवनियुक्त परराष्ट्रमन्त्री खड्काले संयुक्त राष्ट्र संघको महासभामा एमसीसीबारे छलफल नहुने पनि स्पष्ट पार्नुभयो। उहाँले त्यस अवसरमा विश्वको विभिन्न देशका परराष्ट्रमन्त्रीहरुसँग द्धिपक्षीय हितका विषयमा छलफल हुने बताउनुभयो। नवनियुक्त परराष्ट्रमन्त्री खड्काले आफू संयुक्त राष्ट्र संघको महासभाको बैठकमा भाग लिएर आएपछि विभिन्न देशमा राजदुत नियुक्तीको प्रक्रिया अघि बढाउने जानकारी समेत दिनुभयो। nagariknews.nagariknetworkबाट

सम्बन्धित समाचार

thumbnail

प्रतिक्रियावादीको कुनै षड्यन्त्रले एमाले कमजोर हुँदैन : प्रभु साह

रौतहट । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री प्रभु साहले प्रतिक्रियावादीको कुनै पनि षडयन्त्रले अब एमाले पार्टीलाई कमजोर बनाउन नसक्ने दाबी गर्नुभएको छ । उहाँले एमालेको लोकप्रियतासँग डराएर नै पाँच…

thumbnail

सरकारसँग कोरोनाविरुद्धको एक करोड १४ लाख ४५ हजार मात्रा खोप स्टक

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले सरकारसँग कोरोनाविरुद्धको खोप एक करोड १४ लाख ४५ हजार ४८८ मात्रा स्टक रहेको जनाउनुभएको छ । कोरोनाविरुद्धको खोप अभियान सुरु भएको एक वर्ष पूरा…

thumbnail

यो संसदीय सुनुवाइ समिति रहनु र नरहनुको औचित्य छैन : देव गुरुङ

काठमाडौँ । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङले संसदीय सुनुवाइ समितिको कुनै औचित्य नरहेको बताउनुभएको छ ।शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै प्रमुख सचेतक गुरुङले अहिलेसम्मको अनुभवलाई…