मंगलामा माओवादी केन्द्रको विभाग गठन

बाबियाचौर । नेकपा माओवादी केन्द्रको मंगला गाउँपालिका कमिटीको सोमबार बाबियाचौरमा सम्पन्न दोस्रो बिस्तारित बैठकले बिभागहरु गठन गरेको छ ।गाउँपालिका कमिटीका अध्यक्ष यामबहादुर रोकाको अध्यक्षता, प्रदेश कमिटी सदस्य टेकबहादुर बिक र जिल्ला कमिटीको सचिवालय सदस्य चन्द्रप्रसाद बुढाथोकीको उपस्थिति र सचिब कुलप्रसाद पुनको सञ्चालनमा बैठक बसेको थियो ।

बैठकले पार्टीका कामलाई प्रभावकारी बनाउन बिभागहरु गठन गरेको नेताहरुले बताएका छन् । यामबहादुर रोकाको संयोजकत्वमा कुलप्रसाद पुन र पृथिलाल बिक सदस्य रहेको संगठन, मोतिलाल पौडेलको संयोजकत्वमा राजकुमार पाण्डे र मनप्रसाद कडेल सदस्य रहेको आर्थिक बिभाग गठन भएको छ ।

महिला बिभागको इञ्चार्जमा मनमाया चोचाङ्गी, दलित मोर्चाको इञ्चार्जमा उमेश बिक, पृथिलाल बिकको संयोजकत्वमा प्रचार तथा सञ्चार, यामबहादुर रोकालाई शिक्षक बिभागको इञ्चार्ज र अर्जुन शाहीलाई वाइसीएलको इञ्चार्ज चयन गरिएको छ ।

रिक्त पदमा पदपुर्ति गरेर पालिका कमिटीलाई ५१ सदस्यीय बनाएको बैठकले सदस्यता नबिकरण, वडा र टोल स्तरमा संगठन पुनर्गठन, जनवर्गिय संगठनको भेला, बैठकलाई तिब्रता दिने निर्णय गरेको छ ।

सम्बन्धित समाचार

thumbnail

म्याग्दीमा कांग्रेसको वडा अधिवेशन : ४१ वटामा सर्बसम्मत ,२ वटामा निर्वाचन र २ वटामा स्थगित

बेनी । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गतको वडा अधिवेशन म्याग्दीमा २ वटा बाहेकका ४३ वटा वडामा शुक्रबार सम्पन्न भएको छ । केही नविकरण र  नयाँ क्रियाशिल सदस्यताको नामावली नआएका कारण अन्नपुर्ण…

thumbnail

चिनाकोटमा पुर्वाधार निर्माण

दर्पण रोका मगर बरंजा । म्याग्दीको मङ्गला गाउँपालिका–३ बरङ्जा खानीगाउँ स्थित पर्यटकिय चिनाकोटमा पुर्वाधार निर्माण भएको छ । भु –तथा जलाधर ब्यवस्थापन कार्यालय पर्वतको २० लाख रुपैयाँ र स्थानीयको श्रमदानमा पदमार्ग ,खानेपानी…

thumbnail

मंगला गाउँपालिकामा तरुणदल पुनगर्ठन तथा लोकतान्त्रिक खेलकुद संघ गठन

बेनी । म्याग्दीको मंगला गाउँपालिकामा पालिका स्तरिय नेपाल तरुणदल पुनगर्ठन तथा नेपाल लोकतान्त्रिक खेलकुद संघ गठन गरिएको छ । नेपाल तरुणदल म्याग्दी र नेपाल लोकतान्त्रिक खेलकुद संघ म्याग्दीको संयुक्त आयोजनामा पालिका स्तरिय…