माओवादी शक्तिको एकता र बामपन्थीको सहकार्य आवश्यक :संयोजक जुग्जाली

बेनी । नेकपा माओवादी केन्द्र म्याग्दीका संयोजक रेशम जुग्जालीले माओवादी शक्तिबीच एकता, प्रगतिशिल, बामपन्थी र अग्रगामी शक्तिहरुबीच सहकार्यको आवश्यकता औल्याउनु भएको छ ।

नेकपा माओवादी केन्द्र मालिका गाउँपालिका कमिटीको शनिबार दरबाङ भएको बैठकलाई सम्बोधन गर्दै संयोजक जुग्जालीले गणतन्त्र, संघियता, समावेशी ब्यवस्था, संबिधान लगायत राजनीतिक उपलब्धीको रक्षा गर्दै बिकास, शुसासन, समाजिक, आर्थिक रुपान्तरण अहिलेको राजनीतिक कार्यभार रहेको बताउनुभयो ।

“अहिलेको परिवर्तन र राजनीतिक आन्दोलनको उपलब्धिलाई रक्षा गर्न हिजोका माओवादी शक्ति एकिकृत हुन र अग्रगामी बामपन्थि, लोकताक्रिक शक्तिबीच सहकार्य आवश्यक छ,” उहाँले भन्नुभयो “माओवादी केन्द्रलाई टोलटोलमा पु¥याउन, आगामी स्थानीय तह चुनावको तयारी गर्न जुट्नुहोस ।”

बैठकमा माओवादी प्रवेश गरेका शेरबहादुर पुन, बालकृष्ण हर्मेल, कुशल सिंह ठकुरी, सुजन परियार, राजकुमार नेपाली, बिकास बिक, दिलमाया छन्त्याल, देबबहादुर बिक, प्रकाश मल्ल, दुर्गा रोका लगायत १३ जनालाई स्वागत गरिएको थियो ।

बैठकले असोज ९ गतेसम्म वडै वडा कमिटिको भेला गरेर वडा कमिटि पुर्नगठन, पार्टी सदस्यता नबिकरण र ९ गते वाइसीएलको पालिका सम्मेलन गर्ने निर्णय गरेको छ । नेकपा माओवादी केन्द्र मालिका गाउँपालिकाका संयोजक गोबिन सिउथानीको अध्यक्षता, दोरण शेरचनको सञ्चालनमा सम्पन्न बैठकमा जिल्ला कमिटि सदस्य गौरी सेञ्चुरीले पनि मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

 

 

सम्बन्धित समाचार

thumbnail

मालिका गाउँपालिकाको तीन वटा वडामा माओवादी केन्द्र र वाइसीएल पुर्नगठन

बेनी। म्याग्दीको मालिका गाउँपालिकाको तीन वटा वडामा नेकपा माओवादी केन्द्र र वाइसीएलको पुर्नगठन भएको छ ।माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जालीको उपस्थितिमा निस्कोट, रुम र डाडागाउँमा भएको कार्यकर्ता भेलाले पार्टि कमिटी, वाइसिएल,…

thumbnail

राष्ट्रिय युवा संघ मालिका गाउँपालिका–६वडा कमिटीको अध्यक्षमा सुवेदी र युथ फोर्सको संयोजकमा गुरुङ

बेनी । नेपाल राष्ट्रिय युवा संघ मालिका गाउँपालिका–६ ,वडा कमिटीको अध्यक्षमा मिलन सुवेदी चयन हुनुभएको छ । शनिबार दरबाङमा सम्पन्न युवा संघको बैठकबाट सुवेदी अध्यक्षमा चयन हुनुभएको हो ।कमिटीको उपाध्यक्षमा लोकेन रोका,सचिवमा…

thumbnail

म्याग्दीमा कांग्रेसको वडा अधिवेशन : ४१ वटामा सर्बसम्मत ,२ वटामा निर्वाचन र २ वटामा स्थगित

बेनी । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गतको वडा अधिवेशन म्याग्दीमा २ वटा बाहेकका ४३ वटा वडामा शुक्रबार सम्पन्न भएको छ । केही नविकरण र  नयाँ क्रियाशिल सदस्यताको नामावली नआएका कारण अन्नपुर्ण…