म्याग्दी नदी कटानले सरस्वती मावि र बस्ती उच्च जोखिममा (तस्बिर सहित )

म्याग्दी । म्याग्दी नदीमा आएको बाढीको कटानले बेनी नगरपालिका–४ स्थित बस्ती र विद्यालय उच्च जोखिममा परेका छन् भने खेतीयोग्य जमिन नष्ट भएको छ । बाढीले बेनी–४ को मसार, तातोपानीको उपल्लो बजार र सरस्वती मावि उच्च जोखिममा परेका हुन् ।

बस्ती नै उच्च जोखिममा परेपछि आफन्तको शरणमा परेको पीडित दिनेश केसीले बताउनुभयो । मसार बस्ती नै उच्च जोखिममा परेपछि घर छोड्न बाध्य भएको उहाँले दुखेसो सुनाउनुभयो । यस्तै, स्थानीयको करिब १६ रोपनी बढी खेतीयोग्य जमिन बगाएको छ । नदीले धार परिवर्तन गरेर बस्ती कटान गर्न थालेपछि स्थानीयबासी त्रासमा बस्न बाध्य भएको स्थानीय अगुवा टेकबहादुर फगामीले बताउनुभयो ।

जेठ ३१ र असार १ मा आएको अविरल वर्षाका कारण म्याग्दी नदीमा आएको बाढी कटानले विद्यालयको क्यान्टिन समेत बगाएको छ । विद्यालयको चारकोठे भवन र शौचालय उच्च जोखिममा परेका छन् भने त्यस नजिकै रहेका बस्ती र आमा समूहको भवन समेत उच्च जोखिमा परेका छन् ।

वर्षातका कारण नदी कटानको जोखिम नरोकिएकोले त्रासमा पठनपाठन सञ्चालन गर्नुपर्ने बाध्यता रहेको विद्यालयका प्रअ सुरत बानियाँले बताउनुभयो । उहाँले बस्ती र विद्यालय संरक्षणका लागि वडा कार्यालय र नगरपालिकालाई जानकारी गराएपछि डिपिआरको काम भइरहेको जानकारी दिनुभयो ।

वडा कार्यालयका अनुसार बाढीको कटानले उच्च जोखिममा रहेका मसार बस्तीका १४ घरमध्ये ८ घर विस्थापित भएका छन् । विस्थापित परिवारलाई आफन्तकोमा स्थानान्तरण गरिएको छ । प्रभावित बस्तीमा तत्काल नगरपालिकाले प्रतिपरिवार १५ हजार रुपैयाँ, जिल्लास्थित नेपाली कांग्रेस र एमाले लगायत विभिन्न संघसंस्थाले राहत उपलब्ध गराएको वडा अध्यक्ष गोविन्दप्रसाद पौडेलले बताउनुभयो ।बस्ती संरक्षणका लागि नगरपालिकाले पोखराबाट प्राविधिक ल्याएर डिपिआरको काम भइरहेको छ । वडा अध्यक्ष पौडेलका अनुसार डिपिआर तयार भएपछि रुपाताल संरक्षण समिति र प्रदेश सरकारलाई पठाइने छ ।

 

 

सम्बन्धित समाचार

thumbnail

बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीलाई दुर्व्यवहार,नगर प्रमुखबाट निन्दा

बेनी । म्याग्दीको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीलाई आइतबार एक समूहले दुर्व्यवहार गरेको छ ।कार्यकक्षमा प्रवेश गरेको ५ जनाको समूहले प्रशासकीय अधिकृतलाई कालो पदार्थ छ्यापेका थियो। दुर्व्यवहारमा संलग्न मध्येका एकजना…

thumbnail

कांग्रेस बेनी नगरको दशैंको शुभकामना आदानप्रदान

बेनी। नेपाली कांग्रेस बेनी नगर कार्यसमितिले बेनीमा महान पर्व विजय दशमीको शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ। शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै गण्डकी प्रदेश उद्योग, पर्यटन, वाणिज्य तथा आपुर्ति मन्त्री मणिभद्र शर्मा कँडेलले विजयदशमी,…

thumbnail

कांग्रेस बेनी नगर सचिवमा २३ बर्षिय जिसी विजयी

बेनी । नेपाली कांग्रेस बेनी नगर सचिवमा २३ बर्षिय झलक जिसी विजयी भएका छन् । सभापतिमा निर्वाचित रबिन्द्र कार्की प्यानलबाट सचिव पदमा उम्मेद्धारी दिनुभएका जिसी विजयी हुनुभएको हो । आइतबार भएको निर्वाचनमा…