लमजुङमा पाँच वर्षमा १३१ बालबालिका हराए

लमजुङ । आर्थिक वर्ष २०७३/७४ देखि २०७७/७८ सम्म जिल्लामा १३१ बालबालिका हराएका छन् । तीमध्ये ९५ बालिका र ३६ बालक छन् । जिल्ला प्रहरी कार्यालयको अनुसार पाँच वर्षका अवधिमा हराएका बालबालिकामध्ये २८ बालक र ६५ बालिका भेटिएको थियो ।

कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जगदीश रेग्मीले हराएका मध्ये अझै आठ बालक र ३२ बालिका नभेटिएको बताउनुभयो । गत एक वर्षका अवधिमा २० बालबालिका हराएका थिए । तीमध्ये तीन बालक, १७ बालिका छन् । अझै दुई बालिका भेटिएका छैनन् । सचेतनाका लागि प्रहरीले सामुदायिक तथा आमा समूह लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो । रासस

सम्बन्धित समाचार

thumbnail

मुगुमा बसको टायर पङ्चर हुँदा दुर्घटना

मुगु। नेपालगञ्जबाट मुगु आउँदै गरेको छायाँनाथ रारा यातायात प्रालिको भे१ख ३१६७ नंको यात्रुवाहक बसको टायर पञ्चर भई दुर्घटना भएको खुलेको छ । मङ्गलबार भएको सो दुर्घटनामा परी ३२ जनाको ज्यान गएको प्रहरीले…

thumbnail

मासु भाग लगाउने क्रममा विवाद हुँदा एक युवकको हत्या

काठमाडौँ । दसैँमा मासु भाग लगाउने क्रममा भएको विवादको क्रममा एक युवकको हत्या भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका–११ छतिवन बस्ने २१ वर्षीय बिक्रम लामगादेको हत्या भएको हो । फूलपातीको अवसरमा गाउँमा…

thumbnail

मुगु बस दुर्घटना : मृत्यु हुनेहरु अधिकांश दसैँमा घर फर्किएका विद्यार्थी

काठमाडौँ । नेपालगञ्जबाट मुगु आउँदै गरेको छायाँनाथ रारा यातायात प्रालिको भे१ख ३१६७ नंको यात्रुवाहक बसको टायर पञ्चर भई दुर्घटना भएको खुलेको छ । मङ्गलबार भएको सो दुर्घटनामा परी ३२ जनाको ज्यान गएको…