लिटमस केबलको ब्रान्ड एम्बेसडरमा राजेश हमाल र मधु भट्टराई नियुक्त

काठमाडौं । लुम्बिनी विद्युत उद्योगको उत्पादन लिटमस केवल ब्रान्डले कम्पनीको ब्रान्ड एमबेसडरमा नायक राजेश हमाल र मोडल मधु भट्टराईलाई नियुक्त गरेको छ ।

कम्पनीले आफ्ना उत्पादनहरुको प्रवर्धन एवं विस्तार गर्नको लागि हमाल जोडीलाई नियुक्त गरेको जनाएको छ । २ वर्षको लागि नियुक्त भएसँगै कम्पनीले प्रबर्धन गर्ने विभिन्न समारोह, विज्ञापन, समाजिक उत्तरदायित्वका कार्यक्रमहरुमा महानायक एवं मधुको उपस्थिति हुने बताएको छ ।

लुम्बिनी विद्युत उद्योग नेपालको पहिलो आल्मुनियम कन्डक्टर स्टिल रेन फोर्स्ड कन्डक्टर निर्माण कम्पनी हो । कम्पनीले हालै नयाँ संरचनाको विकास गरी आफ्ना विभिन्न उत्पादनहरु बजारमा बिक्री वितरण गर्दै आइरहेको छ । रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

विद्युत् आदानप्रदानमा भारतको सकारात्मक सन्देश

काठमाडौँ । नेपालबाट वर्षाको बिजुली लिन र हिउँदमा दिनका लागि भारत सकारात्मक देखिएको छ । नेपाल विद्युत् प्राधिकरणले भदौ अन्तिम साता बिहार स्टेट पावर होल्डिङसँग पारस्पारिक मौसमी विद्युत् आदान–प्रदानको लागि प्रस्ताव गरेकोमा…

thumbnail

अवरुद्ध विद्युत सेवा सुचारु

बेनी । करिब एक हप्ता पछि अवरुद्ध विद्युत सेवा सुचारु भएको छ । विद्युत गृहमा रहेको तर्वाइनको बेरिङ बिग्रिएपछि १४ असोज देखी म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ४ स्थित दाजुङ खोला लघुजलविद्युत…

thumbnail

कोसी करिडोर २२० केभी प्रसारण लाइनको पहिलो खण्ड निर्माण सम्पन्न

काठमाडौँ । कोसी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत पहिलो प्याकेजको प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । पहिलो प्याकेज अन्तर्गत सुनसरीको इनरुवावाट संखुवासभाको बसन्तपुर, बानेश्वर हुँदै तुम्लिङटार सम्मको २२० केभी डबल…