विश्वकप लिग-२ : आज नेपाल र अमेरिका भिड्दै

काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत आजदेखि नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिज सुरू हुँदैछ। ओमानको अल अमिरत क्रिकेट रंगशालामा हुने सिरिजको पहिलो खेलमा नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुँदैछ।

खेल नेपाली समयअनुसार दिउँस सवा चार बजे सुरू हुनेछ। सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई-दुई खेल खेल्नेछ। सिरिजको पछिल्ला दुई खेलमा नेपालले अमेरिकालाई हराएको थियो । सन् २०२० को फेब्रुअरीमा नेपालमा भएको सिरिजमा नेपालले अमेरिकालाई ३५ रन र ८ विकेटले पराजित गरेको थियो।

सिरिजअघि नेपालले पपुवा न्युगिनीसँग दुई खेलको एकदिवसीय सिरिज खेलेको थियो। नेपाल दुवै खेलमा विजयी भएको थियो। विश्वकप लिग–२ मा नेपालसहित पपुवा न्यूगिनी, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् (युएई) रहेका छन्। नेपालले हालसम्म ओमान र अमेरिकासँग दुई-दुई खेल खेलिसकेको छ। नेपाल चार अंक जोड्दै अंक तालिकाको छैटौं स्थानमा छ।

खेल तालिका

नेपाल भर्सेस अमेरिका – भदौ २८

ओमान भर्सेस नेपाल – भदौ २९

ओमान भर्सेस अमेरिका – भदौ ३१

नेपाल भर्सेस अमेरिका – असोज १

ओमान भर्सेस नेपाल – असोज ३

ओमान भर्सेस अमेरिका – असोज ४

सबै खेल सुरू हुने समय – दिउँसो ४स्१५ बजे

स्थान – अल अमिरत क्रिकेट रंगशाला, ओमान

सेतोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

इमरान खानको चेतावनी :अफगानिस्तान फेरि गृहयुद्धमा फस्न सक्छ

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले समावेशी सरकार गठन नभए अफगानिस्तानमा पुनस् गृहयुद्ध चर्किने चेतावनी दिनुभएको छ । प्रधानमन्त्री खानले बीबीसीसँगको एक अन्तर्वार्तामा उहाँले भन्नुभएको छ, ‘यदि उनीहरूले सबै समूहलाई सामेल गरेनन्…

thumbnail

अफगानिस्तानमा विस्तारित मन्त्रिपरिषद् पनि महिलारहित

एजेन्सी । अफगानिस्तानमा काम चलाउ मन्त्रिपरिषद् पनि महिलाविहिन भएको छ । अघिल्लो महिना सत्ता कब्जा गरेर केही हप्ता अगाडी काम चलाउ सरकार बनाएको तालिबानले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्दा पनि महिलालाई सहभागी गराएको…

thumbnail

तालिबानद्वारा संयुक्त राष्ट्रसङ्घको महासभामा आफूहरूलाई बोल्न दिन आग्रह

एजेन्सी । अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले संयुक्त राष्ट्रसंघको महासभामा बोल्न पाउनुपर्ने माग राखेको छ । अमेरिकाको न्युयोर्कमा यसैसाता राष्ट्रसंघको महासभा हुन गइरहेको छ । तालिबानका विदेशमन्त्री अमिर खान मुत्ताकीले सोमबार एक पत्र…