श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

गोरखा । श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले गोरखा नगरपालिका–७ पौवाखेतकी ५५ बर्षकी माइली कामीलाई पक्राउ गरेको छ ।असोज ४ गते राति उनले आफ्नै श्रीमान ५६ बर्षका आइतबहादुर कामीको हत्या गरेको प्रहरीले बताएको छ । प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले माइलीले नै श्रीमानको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताउनुभयो।

‘लगातार घाँटी थिचेका कारण आइतबहादुरको मृत्यु भएको अनुसन्धानबाट खुल्न आयो अनि हामीले माइलीलाई पक्राउ गर्‍यौं’ उहाँले भन्नुभयो । मंगलबार पक्राउ परेकी माइलीविरुद्ध ज्यानसम्बन्धी मुद्दामा अनुसन्धानका लागि प्रहरीले जिल्ला अदालतबाट अनुमति लिइसकेको छ ।धार्चे गाउँपालिका–२ केरौजाका आइतबहादुरको परिवार २०७२ सालको भूकम्पले वस्ती जोखिममा परेपछि गोरखा नगरपालिका–७ पौवाखेतमा बसोबास गर्दै आएका थिए ।

उनीहरुको दुई छोरामध्ये कान्छो छोरा र बुहारी उनीहरुसँगै बस्छन् ।श्रीमानले रक्सी खाएर गाली गरेकाले घाँटी थिचेको माइलीले प्रहरीसमक्ष स्वीकार गरेकी छन् । घटनाको भोलिपल्ट बिहान माइली आफूले काम गर्ने गोरखा बसपार्कस्थित होटल मुक्तिनाथ पुगेकी थिइन् । घरमा मान्छे जम्मा भएर बोलाएपछि उनी घर फर्किएकी थिइन् । अनलाइनखबरबाट

सम्बन्धित समाचार

thumbnail

मासु भाग लगाउने क्रममा विवाद हुँदा एक युवकको हत्या

काठमाडौँ । दसैँमा मासु भाग लगाउने क्रममा भएको विवादको क्रममा एक युवकको हत्या भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका–११ छतिवन बस्ने २१ वर्षीय बिक्रम लामगादेको हत्या भएको हो । फूलपातीको अवसरमा गाउँमा…

thumbnail

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

काठमाडौं । भोजपुरमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ। ४० वर्षीया श्रीमती छोती शेर्पाको हत्या गरेको आरोपमा भोजपुर सापासिलिछो गाउँपालिका वडा नम्बर ५ बाक्सिन्दा बस्ने ४० वर्षीय फराछेतर शेर्पालाई…

thumbnail

खुर्पा प्रहार गरी बाबुद्वारा छोराको हत्या

सल्यान । सल्यानमा बाबुले छोराको हत्या गरेका छन् । मासुको विषयलाई लिएर विवाद भएपछि जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका १० माझकाँडाका वर्ष ५५ का नीमबहादुर कवरले धाँरिलो हतियार (खुर्पा) प्रयोग गरी वर्ष ३३…