हामीलाई सभामुखप्रति शंका छ : नेम्वाङ

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सभामुखप्रति आफूहरुको आशंका कायम रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठक पछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपनेता नेम्वाङले सभामुख अग्निप्रसाद सापकोटाले नेकपा (एमाले)माथि भेदभाव गरेकाले उहाँप्रति आशंका भएको बताउनुभएको हो ।

नेम्वाङले सभामुखले औपचारिकताको लागि बोलाएको बैठकमा जानुको अर्थ नभएको भन्दै उहाँले आफूहरुले सभामुखलाई लगाएको आरोपलाई सभामुखले पुछ्नुपर्ने बताउनुभयो । सभामुखबाट शंका निवारणको लागि कुनै प्रयास नभएको पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीलाई भेदभाव गरियो । प्रमुख प्रतिपक्षलाई भेदभाव गरियो भन्ने भान परेको छ । त्यो शंका निवारणको लागि कुनै प्रयास भइरहेको छैन ।

सभामुखमाथि हाम्रो आशंका छ । सभामुखजीले ल आउ बैठक भनेर औपचारिकता पुरा गर्दा हामी जानुको कुनै अर्थ छ ? हाम्रो यो आरोप छ यो आरोपलाई तपाईहरु पुछ्नुस् ।’उहाँले सत्तापक्षको ढंग नपुगेका कारण संसदमा अहिलेको अवस्था आएको टिप्पणी गर्नुभयो । प्रतिपक्षलाई राज्यको अभिन्न अंग मानेर अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो । रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

कांग्रेस म्याग्दीको सचिवमा युवा नेता हिराबहादुर पुनको उम्मेद्धारी घोषणा

बेनी । नेपाली कांग्रेस म्याग्दीको सचिव पदका लागि युवा नेता हिराबहादुर पुनले उम्मेद्धारी घोषणा गर्नुभएको छ । २०४७ सालमा नेविसंघबाटै राजनितिक यात्रा सुरु गर्नुभएका पुनले बुधबार सामाजिक सञ्जाल फेसबुक मार्फत कांग्रेसको १४…

thumbnail

सम्पत्तिका लागि आफन्तबाटै महिलाको हत्या, शरीर टुक्राटुक्रा पारेर खोलामा बगाइयो

काठमाडौँ । ५५ वर्षीया एक महिलाको हत्या गरेको आरोपमा प्रहरीले झापाबाट चार जनालाई पक्राउ गरेको छ। झापा गाउँपालिका–१ माइती घर भई भारत किसनगञ्ज जिल्ला बस्ने धोन्नी टुडुको हत्या आरोपमा प्रहरीले चार जनालाई…

thumbnail

बुटवलका मेयरमाथि आक्रमण गर्ने युवालाई सार्वजनिक मुद्दा

रुपन्देही । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीमाथि आक्रमण गर्ने युवालाई सार्वजनिक मुद्दा दायर गरिएको छ । सुवेदीमाथि आक्रमण गर्ने स्थानीय गणेश पंगेनीमाथि सार्वजनिक मुद्दा दायर गरिएको हो । सोमबार बिहान बुटवल–३ ज्योतिनगरको…